देशभर विद्यार्थी भर्ना अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
देशभर विद्यार्थी भर्ना अभियान शुरु

सारांश

  • भक्तपुर।
  • ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो।
भक्तपुर। ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो।
मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यले भर्ना अभियान शुरु गरेको केन्द्रका निर्देशक गेहनाथ शर्माले जानकारी दिए। शिक्षाको अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा विद्यार्थी भर्ना अभियान स्थानीय तहले सञ्चालन गर्नुपर्ने व्यवस्था अनुरुप यस वर्षदेखि सरकारले तय गरेको नारामा आधारित रहेर प्रत्येक स्थानीय तहले सोमबारबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको उनले जानकारी दिए। 
उनले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत विद्यार्थी भर्ना गराउन आह्वान गरेका थिए। यस वर्ष विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने भएको छ। गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेपनि यस वर्ष यो सङ्ख्या बढेको अनुमान छ। पाँचदेखि नौ वर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएको बताइएको छ।
भर्ना अभियानअन्तर्गत वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र त्यसपछि घरदैलो अभियान सञ्चालन गरेर भर्ना अभियान सञ्चालन गरिने केन्द्रका निर्देशक शर्माले जानकारी दिए। पछिल्ला वर्षहरुमा विद्यालय भर्ना भइसकेका विद्यार्थी पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
काठमाडौंबाट प्रधानमन्त्री भेटेर फर्केका निर्मलाका आमाबाले यसो भने…
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
कांग्रेसको जागरण अभियान : पर्ख र हेर
कांग्रेसको जागरण अभियान : पर्ख र हेर
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
दश वर्षपछि काठमाडौं–राजविराज नियमित हवाई उडान
दश वर्षपछि काठमाडौं–राजविराज नियमित हवाई उडान
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
Free Casino Games Is Beneficial