राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
२५ पटक हेरिएको
Shares
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा

सारांश

  • दाङ, २ माघ ।
  • प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने संंकेत पाएको भन्दै दंगालीहरुले आज जिल्लामा कडा आन्दोलन गर्दैछन् ।
  • दाङ प्रादेशिक सरोकार समितिको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा दङ्गालीहरुले आज अन्दोलन गर्ने भएका छन् ।

दाङ, २ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने संंकेत पाएको भन्दै दंगालीहरुले आज जिल्लामा कडा आन्दोलन गर्दैछन् । दाङ प्रादेशिक सरोकार समितिको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा दङ्गालीहरुले आज अन्दोलन गर्ने भएका छन् ।

जिल्लाको घोराही, तुलसीपुर र देउखुरीमा कडा अन्दोलनका कार्यक्रम गर्ने तयारी रहेको समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

प्रियासनका अनुसार आज मंगलवार दिउसो २ देखि ४ बजेसम्म जिल्लाका सम्पूर्ण पसलहरु बन्द गर्ने, ३ देखि ४ बजेसम्म यातायात बन्द गर्ने र घोराही, तुलसीपुर र देउखुरीमा बृहत पर्दशन गर्ने तयारी रहेको छ । घोराहीमा दिउँसो दाङ जिल्ला उद्योग वणिज्य संघको भवनमा भेला भएर वृहत प्रदर्शनको कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?