राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
२९ पटक हेरिएको
Shares
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कुनैपनि हालतमा फिर्ता नगर्ने स्पष्ट पारेका छन् ।
  • आफ्नै पार्टीका स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदन फिर्ता लिने कुनै सम्भावना नै नभएको जिकिर गरेका छन् ।

काठमाडौं, ८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कुनैपनि हालतमा फिर्ता नगर्ने स्पष्ट पारेका छन् । आफ्नै पार्टीका स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदन फिर्ता लिने कुनै सम्भावना नै नभएको जिकिर गरेका छन् ।

दाहालसँगको भेटवार्ताबारे जानकारी दिँदै नेता गजुरेलले पत्रकार ऋषि धमलासँगको कुराकानीमा दाहालले प्रतिवेदन फिर्ता नलिने अडान लिएको सुनाए । दाहालको भनाई उद्धृत गर्दै गजुरेलले भने,‘यो राजनीतिक प्रतिवेदन आउँदैमा आँत्तिनुपर्दैन् । मैले उठाएका कुरा जनताले थाहा पाएका छन् । पार्टीभित्र पनि बहस चलेको छ । मैले त्यसलाई लिपिवद्ध गरेर मात्रै ल्याएको हुँ। त्यसलाई गलत रुपले हेर्नुभएन । ओलीजीले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ ? त्यो हृर्नुपर्छ । त्यसले छलफल र समस्या समाधान गर्न मद्दत पुर्याउँछ । मेरो प्रतिवेदनले पार्टी फुट्दैन । पार्टी नफुटाउनको लागि मैले पहल गरिरखेको छु ।’

उनले पार्टी नफुटाउनको लागि आफूले सुरुदेखि नै पहल गरिराखेको पनि दाहालले सुनाएको जानकारी दिए । दाहालको भनाई उद्धृत गर्दै फेरि गजुरेलले भने,‘बल ओलीको कोर्टमा छ । एक पक्षले मात्रै चाहेर हुँदैन्, अर्को पक्षले पनि चाहनुपर्यो ।’ दाहालले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्याउनेगरि गतिविधि गरेको त्यसकै कडीको रुपमा आफले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तालाई लिएको पनि सुनाएका थिए । उनले ओलीले गणितीय खेलमा लाग्ने काम बन्द गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?