चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड

सारांश

  • नेपालगन्ज, ८ असार ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताउनुभएको छ ।
  • आज बाँके जिल्लाको चार बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने साँचो अर्थमा राष्ट्रवादी हुन नसक्ने बताउनुभयो ।

नेपालगन्ज, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताउनुभएको छ ।

आज बाँके जिल्लाको चार बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने साँचो अर्थमा राष्ट्रवादी हुन नसक्ने बताउनुभयो । मधेस, पहाड र हिमालमा बसोबास गर्ने आमनेपालीको एकताका कारण नै संविधानले स्वीकार्यता पाएको स्पष्ट पार्नुभयो ।

“निर्वाचन अमुक पार्टी विशेषको हुँदै होइन, यो त जनताको सार्वभौम अधिकारसँग जोडिएको विषय भएकाले यसबाट पछि हट्नु भनेको जनताको अधिकारलाई स्वीकार गर्न नसक्नु नै हो” – अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो – “मुलुकको आमूल परिवर्तनका लागि जनताको बलमा हतियार उठाएको आफ्नो दलले अहिलेको परिवर्तनलाई संस्थागत गर्न खोजेको छ । सिंहदरबारको अधिकार गाउँमा पु¥याउन खोजेको छ । यसमा आमजनताले हामीलाई साथ दिनेछन् ।”

उहाँको थप भनाइ थियो – “चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन, जनता हार्नु हँुदैन, लोकतान्त्रिक व्यवस्था हार्नु हुँदैन । यो भावना जनजनमा प्रवाहित हुनु जरुरी छ, निर्वाचनलाई त्यसरी नै बुझ्नुपर्छ  ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?