राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
सारांश
- काठमाडौं ।
- माओवादी सशस्त्र द्धन्द्धमा रहेको बेला जनताप्रति चरण शोषण गरेको र तस्करीमा समेत संग्लन रहेको भन्दै शम्भुलाल श्रेष्ठलाई तत्कालिन नेकपा माओवादी पार्टीले कारबाही गरेको थियो ।
- कार्यकर्ताको भावना विपरित पैसाको चलखेलमा माओवादीले निरन्तर संगठनमा रहेकाहरुलाई ‘आउट’ गर्दै श्रेष्ठलाई टिकट दिएको थियो ।
काठमाडौं । माओवादी सशस्त्र द्धन्द्धमा रहेको बेला जनताप्रति चरण शोषण गरेको र तस्करीमा समेत संग्लन रहेको भन्दै शम्भुलाल श्रेष्ठलाई तत्कालिन नेकपा माओवादी पार्टीले कारबाही गरेको थियो ।
कार्यकर्ताको भावना विपरित पैसाको चलखेलमा माओवादीले निरन्तर संगठनमा रहेकाहरुलाई ‘आउट’ गर्दै श्रेष्ठलाई टिकट दिएको थियो । श्रेष्ठ २०७० सालको चुनावमा कम्युनिष्ट गढ रहेको सर्लाही १ बाट थोरै मतान्तरले निर्वाचित भए ।
सांसद भइसकेपछि श्रेष्ठले त्यहाँ निरन्तर संगठनमा आबद्ध नेता कार्यकर्ताहरुलाई बाइपास गर्दै आफ्ना नजिककाहरुलाई संगठनको विभिन्न पदमा सामेल गर्न प्रयत्न गरिरहे । जसले गर्दां निरन्तर पार्टी आन्दोलन र संगठनप्रति प्रतिबद्ध रहने नेता कार्यकर्ताहरुको भावनामा गहिरो चोट पुग्दै गयो ।
केही समयअघि मात्रै स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच लालबन्दी नगरपालिकालगायत केही ठाउँमा हुने भनिएको चुनावी तालमेल पनि श्रेष्ठकै कारण अन्तिम समयमा आएर टुटेको थियो । र, त्यो फाइदा नेकपा एमालेले लियो ।
संठनको बलमा चुनाव जितेता पनि श्रेष्ठले आफ्नो पैसाले चुनाव जितेको भन्दै नेता कार्यकर्ता होस् वा मतदातालाई सबैलाई किन्दिने ध्वाँस देखाउँथे । उनको प्रवृति देखेर पार्टीमा रहेका पुराना नेता कार्यकर्ताहरुले व्यापक विरोध गर्न थाले ।
आसन्न चुनावमा श्रेष्ठलाई कुनै पनि हालतमा टिकट दिन नहुने भन्दै माओवादी केन्द्रका जिल्ला नेताहरुले विरोध गर्न थाले र नेतृत्वलाई दबाब दिए । नेतृत्वले पनि उनको प्रवृति हेरेर उनलाई टिकट नदिने निश्कर्षमा पुग्यो ।
आफूले टिकट पाउने सम्भावना नै नदेखेपछि श्रेष्ठ एकाएक नेपाली कांग्रेसमा प्रवेश गरे । माओवादी जिल्ला नेताले पार्टी र संगठन ध्वस्त पार्ने, आफू मात्र बन्ने प्रवृतिका श्रेष्ठ चरम अवसरवादी नेता रहेको बताए । जिल्लाका एक नेताले भने, ‘उनलाई पार्टीले नै निष्कासित गर्नुपर्ने थियो, उनै आफैं बाहिरिए ।’ र, सँगै त्यस्ता मान्छेहरुको बहिर्गमनबाट मात्रै अशली कम्युनिष्ट पार्टी बन्ने बताए ।
उनको चुनाव जित्न सक्ने सम्भावनाको प्रश्न गर्दा उनले त्यस्ता अवसरवादी व्यक्तिहरुलाई सर्लाही जनतावासीले निकै बदलाभावका साथ हेरिरहेको बताए । हिजो नेपाली कांग्रेसबाट टिकट नपाएपछि अन्तिम समयमा कांग्रेसलाई धोका दिँदै माओवादी प्रवेश गरेका श्रेष्ठलाई कांग्रेसका समर्थकहरुले पनि त्यति नरुचाएको उनको दावी थियो ।
कांग्रेस जिल्ला एक नेताले कांग्रेसमा पनि स्वच्छ र सवसम्महत सिफारिस भएका रामचन्द्र चौधरी जस्ता इमान्दार व्यक्तिलाई भन्दा मोटो रकम खर्च गर्न सक्ने घुमन्तेलाई टिकट दिइएको भन्दै चरम असन्तुष्टि व्यक्त गरे ।
०७० को चुनावमा ठूलो रकम हिनामिना गरी माओवादी पार्टीबाट टिकट लिन सफल भएका श्रेष्ठ माओवादीबाट ऊर्जा राज्यमन्त्री हुँदै कांग्रेसबाट पशुपन्छी राज्यमन्त्री भएका कम्युनिष्टको गढमा आफ्नो टाउको जोगाउन सक्लान् ?
प्रतिक्रिया