जुम्लामा ६ सय ६७ जना म्यादी प्रहरी छनोट
सारांश
- आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा ६ सय ६७ जना म्यादी छनोट भएका छन् ।
- म्यादी प्रहरीका लागि दर्खास्त दिएका झण्डै १२ सय बढि मध्येबाट विभिन्न चरण पार गर्दै अन्तिममा ६ सय ६७ जना छनोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
- १ सय ९ जना बैकल्पिकमा परेका छन् ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा ६ सय ६७ जना म्यादी छनोट भएका छन् । म्यादी प्रहरीका लागि दर्खास्त दिएका झण्डै १२ सय बढि मध्येबाट विभिन्न चरण पार गर्दै अन्तिममा ६ सय ६७ जना छनोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । १ सय ९ जना बैकल्पिकमा परेका छन् ।
निर्वाचन सुरक्षाका लागि अन्य जिल्लामा माग भए अनुसार बैकल्पिकमा परेकाहरुलाई अंकको आधारमा प्रथामिकता दिएर भर्ना गरिने प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालले जानकारी दिए । स्थानीय तहको भन्दा माग संख्या बढेको छ । उनले भने,‘सोही अनुसार पनि भर्ना लियौँ र पहिलेको भन्दा युवायुवतीको सहभागिता उत्साहजनक रहेको भन्दै आबश्यक सिट अनुसार सबै पदपूर्ति भएको छ ।’
जिल्ला प्रहरी कार्यालयले छनोट गरेका म्यादी प्रहरीलाई कार्तिक ११ गते सम्पर्क ल्याई उनिहरुको कपाल काट्ने, लगायत प्रशिक्षणका बारेमा जानकारी गराईएको प्रहरी सहायक निरिक्षक ताराबहादुर रेउलले बताए । उनका अनुसार छनोट भएकालाई कार्तिक १२ गते देखि नेपाली सेनाको खेलमैदान टुडिखेलमा तालिम गराईने भएको छ । भने बैकल्पिकमा परेकालाई अन्य जिल्लामा माग नभएसम्म पदपुर्तिका लागि भन्न नसकिने समेत बताइएको छ ।
म्यादी प्रहरीमा नाम निकालेका अधिकांशले नेपाल प्रहरीमा पनि नाम निकालेको भन्दै उनिहरुको कार्तिक १५ गते मौखिक अन्तवार्ता हुने बताइएको छ । सो अन्तरवार्ताबाट पास भएकाहरुले स्वत म्यादी छोडेपछि बैकल्पिक परेकाहरुलाई अबसर मिल्ने जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
निर्वाचन केन्द्रको आधारमा म्यादी प्रहरीको कोटा निर्धारण भएकाले निर्वाचन सुरक्षामा कुनै कमि नहुने भन्दै सबै नागरिकले शान्त तथा मर्यादित रुपमा निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्न पनि अपिल गरिएको छ । झण्डै दुई महिना जति कार्य अबधि रहने म्यादी प्रहरीको सेवा सुविधा भने प्रहरी जवान सो सरहको हुनेछ ।
(Ambien)
प्रतिक्रिया