राजपाले नयाँ चुनाव चिन्ह नपाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
राजपाले नयाँ चुनाव चिन्ह नपाउने

सारांश

  • काठमाडौं, असार २५ – नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह चुनावमा पुरानै चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ ।
  • चुनाव घोषणा भइसकेर दुई चरणको चुनावसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिन्ह लिएर चुनावमा जान सम्भव नभएको आयोगले जनाएको छ ।
  • स्थानीय तहको चुनावको मिति घोषणा हँुदा दर्ता भई चुनाव चिन्ह प्राप्त गरेका दलले मात्र दलीय चुनाव चिन्ह पाउने व्यवस्था छ ।

काठमाडौं, असार २५ – नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह चुनावमा पुरानै चुनाव चिन्हबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ ।

चुनाव घोषणा भइसकेर दुई चरणको चुनावसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिन्ह लिएर चुनावमा जान सम्भव नभएको आयोगले जनाएको छ । स्थानीय तहको चुनावको मिति घोषणा हँुदा दर्ता भई चुनाव चिन्ह प्राप्त गरेका दलले मात्र दलीय चुनाव चिन्ह पाउने व्यवस्था छ ।

संविधानको धारा २६९ र २७१ अनुसार चुनाव प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय चुनाव चिन्ह प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, ‘अब नयाँ पार्टी दर्ता हुने अनि नयाँ पार्टीको चुनाव चिन्ह मतपत्रमा छापेर पहिल्यै घोषणा भएको चुनावमा प्रयोग गर्ने भन्ने कुरा सम्भव छैन ।’

राजपा गठन हुनु पहिले राष्ट्रिय दलका रुपमा मान्यता पाएका छ दलमध्ये कुनै एक दलको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने बाटो भने कानुनले खुला गरेको छ । मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलबिच गत वैशाख ७ गते एकीकृत भएको राजपाले गत शुक्रबार नयाँ दलका रुपमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको हो ।

व्यवस्थापिका–संसद प्रतिनिधित्व गर्ने तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिक एकीकृत भएका हुन् । राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दल दर्ताको टुङ्गो लगाउनुपर्ने कानुनी व्यवस्थानुसार राजपाले बुझाएको दलको घोषणापत्र, विधानलगायत आवश्यक कागजातको अध्ययन भइरहेको आयोगले जनाएको छ । राजपाले आफ्नो दलको चुनाव चिन्ह छाता माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
काँग्रेस जिते जनता मालिक हुनेछन् – सभापति देउवा
काँग्रेस जिते जनता मालिक हुनेछन् – सभापति देउवा
घरटहरा नभत्काउँदा काममा अवरोध
घरटहरा नभत्काउँदा काममा अवरोध
धनगढिमा गोली चल्यो, घाईतेको अवस्था गम्भिर !
धनगढिमा गोली चल्यो, घाईतेको अवस्था गम्भिर !
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट