राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड

सारांश

  • राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।
  • ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको श्रोतले जनाएको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् । ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको श्रोतले जनाएको छ ।

आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरि उडिरहेको समेत ती अधिकारीले जानकारी दिए । साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकार गरेका छन् ।

बिहान ११ः३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म पनि नआउँदा वृद्ध बिरामी थरथर काम्न थालेपछि मन थाम्न नसकेर काउन्टरमा रहेको टेबलमा दुई चार लात्ती बजाएको उनले भने । साहका अनुसार विरामी दिउँसो २ बजेसम्म चिकित्सक कहाँ पुगेर चेकच गराउनुपर्ने थियो । विमानस्थलको विशिष्ट कक्षमा आइतबारदेखिकै जुठो प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका कारण त्यहाँ बस्ने वातावरण नै नभएको पनि साहको भनाइ छ ।

विशिष्ट कक्षको अस्तव्यस्तताबारे पटक–पटक विमानस्थलका प्रमुखलाई टेलिफोन गरेर जानकारी गराउँदा समेत सफासुग्घर गर्न कुनै चासो नदेखएको उनले बताए । ‘विमानस्थल परिसरमा गाइबस्तु चरिरहेका थिए । गाइवस्तुका कारण दुर्घटनाको जोखिम हुनेबारे विमानस्थलका प्रमुखलाई जानकारी पनि गराएँ, तर कुनै सुनुवाइ भएन,’ सांसद साहले भने, ‘एयरपोर्टको अस्तव्यस्तबारे टेलिफोन गरेर प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएँ । कसैले वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ ।’

बुद्ध एयरको काउण्टर तोडफोड गरेको भन्दै सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान चढाउन अस्वीकार गरेको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?