अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?

सारांश

  • एजेन्सी ।
  • भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नै श्रीमती अनुष्का शर्मासँग एक मिनेट पनि टाढा बस्न मन पराउँदैनन् ।
  • शायद त्यही कारण हुनुपर्छ विराटले बीसीसीआईसँग विदेशमा हुने खेलका क्रममा क्रिकेटरका श्रीमती वा गलफ्रेण्डलाई सँगै लैजाने अनुमति दिनुपर्ने भन्दै अनुरोध गरेका छन् ।

एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नै श्रीमती अनुष्का शर्मासँग एक मिनेट पनि टाढा बस्न मन पराउँदैनन् । शायद त्यही कारण हुनुपर्छ विराटले बीसीसीआईसँग विदेशमा हुने खेलका क्रममा क्रिकेटरका श्रीमती वा गलफ्रेण्डलाई सँगै लैजाने अनुमति दिनुपर्ने भन्दै अनुरोध गरेका छन् ।

विराटको यो अनुरोध क्रिकेट बोर्डसँग इंगल्याडमा हुने टेस्ट सिरिजको दुई हप्ता पहिला गरेका हुन् । अनुष्का बेला बेलामा विराटसँग विदेशमा हुने खेलमा स्टेडियममा देखिने गरेकी छन् ।
विराटले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग खेलाडीका श्रीमतीलाई विदेशमा हुने खेलको समयमा पूरै समय बस्न अनुमति दिन अनुरोध गरेका थिए ।

कोहलीको मागप्रति एक अधिकारीले भने, “विराटले यस्तो माग गरेका छन् तर हामी हतारमा कुनै निर्णय लिन्नौं ।” मौजुदा नियमअनुसार विदेशमा हुने खेलमा खेलाडीले श्रीमतीलाई दुई हप्तासम्म मात्र सँगै राख्न पाउने व्यवस्था छ ।

कोहलीले यो मुद्दालाई बीसीसीआईका एक वरिष्ठ अधिकारी समक्ष उठाएका थिए । ती अधिकारीले कोहलीको यो मागलाई विनोद राय र डायनाको अक्ष्यक्षता भएको सीओएसम्म पुराएका छन् । मिडिया रिपोर्टस्का अनुसार यो बीसीसीआईको नीतिगत निर्णयमा भर पर्छ । सीओए नयाँ बीसीसीआई निकायको गठनसम्म यो विषयमा कुनै प्रतिक्रिया नदिइ बस्न सक्छ । खेलाडीसँगै श्रीमती लैजाने कुरा बेला बेलामा मुद्दाको रुपमा उठ्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?