कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२३ पटक हेरिएको
Shares
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !

सारांश

  • रिपोर्टर्स नेपाल, २१ माघ ।
  • कोरोना भाइरस चीनबाट उत्पत्ति भई विश्वभर फैलिइरहँदा अमेरिकाले यसलाई अवसरका रुपमा लिन थालेको छ ।
  • कोरोना भाइरसका कारण चीनमा संकट आउँदा गत बिहिबार अमेरिकी वाणिज्यमन्त्री विलबर रोजले अब अमेरिकामा बढी रोजगारीको अवसर सृजना हुने अभिव्यक्ति दिए ।

रिपोर्टर्स नेपाल, २१ माघ । कोरोना भाइरस चीनबाट उत्पत्ति भई विश्वभर फैलिइरहँदा अमेरिकाले यसलाई अवसरका रुपमा लिन थालेको छ । कोरोना भाइरसका कारण चीनमा संकट आउँदा गत बिहिबार अमेरिकी वाणिज्यमन्त्री विलबर रोजले अब अमेरिकामा बढी रोजगारीको अवसर सृजना हुने अभिव्यक्ति दिए ।

अमेरिकाले चीनप्रति कडा नीति अबलम्बन गरिसकेको छ । चीनमा यात्रा नगर्न सचेत गराएको छ भने चीनबाट वा चीन भएर आउने यात्रीलाई अमेरिकामा दुई साताका लागि यात्रा प्रतिबन्ध लगाएको छ । यसलाई चीनले सकारात्मक रुपमा लिएको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनिङले बेइजिङमा पत्रकार सम्मेलनमा कोरोना भाइरसबारे अमेरिकाले त्रास फैलाएको आरोप लगाइन् । उनले निरन्तर त्रास र भ्रम फैलाइरहेको आरोप समेत गराइन् ।

विश्व राजनीति र अर्थतन्त्रमा चीन अमेरिकाको मुख्य प्रतिद्धन्द्धी हो । त्यसैले उसले कोरोना भाइरसका कारण संकटमा रहेको चीनलाई कमजोर पार्ने अस्त्रका रुपमा प्रयोग गरेको देखिदै गएको छ । धेरैजसो पश्चिमा मुलुकहरुले चीनमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । यसले चीनको अर्थतन्त्रमा ठूलो नोक्शानी पर्न सक्छ ।

अमेरिका चीनप्रति कोरोना भाइरसको विषयलाई लिएर जसरी प्रस्तुत भएको छ त्यसलाई चीनले अनैतिक समेत भनिसकेको छ । उसले अमेरिकाको चीनप्रतिको पछिल्लो कदम सँसारभरकै लागि खराब उदाहरण बनेको समेत उल्लेख गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक हुने गरेको ग्लोबल टाइम्सको यसै हप्ताको सम्पादकीयमा यात्रा प्रतिबन्धलाई अनैतिक भन्दै चीनले सावधानी अपनाउँदा अमेरिकी नीति नकारात्मक भएको टिप्पणी गरेको छ ।

अमेरिकामा सन् २००९ मा उत्पत्ति भएको भनिएको भाइरस एच वान एन वानबारे सन्दर्भ उल्लेख गर्दै त्यसबेला अमेरिकाप्रति चीनले अहिले जस्तो शैली नपअनाएको उल्लेख गरेको छ । सँसारभर दुई लाख ८४ हजार मानिसको ज्यान गएको तथ्यांक प्रस्तुत गर्दै अमेरिकाले रोगविरुद्ध प्रभावकारी नियन्त्रण उपाय अबलम्बन गर्न नसकेको आरोप लगाउँदै कोरोनाभाइरसभन्दा घातक रोग अमेरिकामा उत्पत्ति भएको भनेको छ ।
कोरोना भाइरसको संक्रमणले संकटमा परेको चीनसँगै एशियाको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिएको छ ।

एशियाली देशहरु भारत, नेपाल, जापान, थाइल्यान्ड, फिलिपिन्सलगायतमा संक्रमण देखिएको छ । यसले पर्यटनमा नकारात्मक असर पर्न सक्छ । यसलाई पश्चिमाहरुले लाभको अवसरका रुपमा हेर्न थालेबाट कतै कोरोना भाइरस अस्त्रका रुपमा त प्रयोग गरिदै छैन भन्ने विश्लेषण समेत भएको छ ।(एजेन्सीको सहयोगमा)

(Alprazolam Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लहानमा ११७ सहकारी संस्था दर्ता, १२को दर्ता खारेज
लहानमा ११७ सहकारी संस्था दर्ता, १२को दर्ता खारेज
धादिङमा कांग्रेस-एमाले झडप, एमालेका तीन कार्यकर्ता गम्भीर घाइते !
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु
प्रहरीले भेटेन राज्यमन्त्री र मेयर, २६ जनाको खोजी सुरु
नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने
नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने
आर्थिक संकटमोचनको सूत्र खोज्दै सरकार, कस्तो छ अर्थतन्त्रको अवस्था ?
आर्थिक संकटमोचनको सूत्र खोज्दै सरकार, कस्तो छ अर्थतन्त्रको अवस्था ?
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
विदेशमा खेल्न जान पाउनु पर्ने  सन्दीप लामिछानेको माग
विदेशमा खेल्न जान पाउनु पर्ने सन्दीप लामिछानेको माग
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै

तपाईंले छुटाउनुभयो कि?