राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
सारांश
- काठमाडौं ।
- सरकारले चालू आर्थिक वर्षको साउन र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गरेको छ ।
- सरकारले गत वर्षको तुलनामा साउन र असार महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको हो ।
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साउन र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गरेको छ । सरकारले गत वर्षको तुलनामा साउन र असार महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको हो ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको जानकारी दिए । राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको समेत उनले बताए ।
करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दाबी छ ।
स्थानीय तहमा देखिएको करसम्बन्धि समस्या समाधान हुँदै गएको भन्दै अर्थमन्त्री डा. खतिवडाले घरजग्गामा लगाइएको कर घटाउन लागिएको समेत बताए । अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने उनको भनाई थियो ।
प्रतिक्रिया