सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो

सारांश

  • काठमाडौं ४ पुस ।
  •  सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.
  • पुष्पा चौधरीलाई सरुवा गर्ने सरकारको निर्णयको विपक्षमा आदेश दिएको छ।

काठमाडौं ४ पुस । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई सरुवा गर्ने सरकारको निर्णयको विपक्षमा आदेश दिएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि डा.चौधरीलाई मन्त्रालयमै रहेर कामकाज गर्न थप मार्गप्रशस्त भएको छ।

सचिव डा.चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्ने निर्णयमा कानुनी प्रक्रिया नपुगेको आधारमा सर्वोच्चले पूर्ण रुपमा रोकिदिएको हो। सर्वोच्चका न्यायाधिशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यसअघि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले दिएको अन्तरिम आदेशकै पक्षमा निर्णय दिएको छ।

मिश्रको इजलासले डा. चौधरीको सरुवा र रमाना लगायतपत्रहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।

उक्त अन्तरिम आदेशविरुद्ध सरकारका तर्फबाट गत ५ मंसिरमा सरकारले ‘भ्याकेट’ हुनुपर्ने मागसहित अर्को निवेदन दर्ता भएको थियो। न्यायाधीश खड्का र खतिवडा संलग्न संयुक्त इजलासले अघिल्लो अन्तरिम आदेश खारेज हुनुपर्ने सरकारको मागलाई अस्वीकार गरिदिएको हो।

गत असोज ८ गते मन्त्रीपरिषदको निर्णयबाट डा.चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍ कार्यालयमा सरुवा भएको थियो। स्वास्थ्य सचिवमा प्रधानमन्त्री कार्यालयका केदारबहादुर अधिकारीलाई सरुवा गरिएको थियो। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेससँगको एकता भंग गरिदिन्छु : गच्छदार
कांग्रेससँगको एकता भंग गरिदिन्छु : गच्छदार
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
बढे एमाले प्रवेश गर्ने युवा तथा अरु पार्टीका कार्याकर्ता
बढे एमाले प्रवेश गर्ने युवा तथा अरु पार्टीका कार्याकर्ता
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन