जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..

सारांश

  • महेन्द्रनगर : भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो।
  • कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए।
  • त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन्।

महेन्द्रनगर : भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन्। छोरालाई साथमा लिएर निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी बीनाको अनुहार मलीन देखिन्थ्यो। आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रकी नेत्री बीना मगरको मुहारमा खुसी छाएको थिएन।

बीनालाई बधाई तथा शुभकामना दिनेहरूको लाम थियो। उनीहरूसँग सकी नसकी बोल्ने प्रयास गरिरहेकी थिइन् उनले। ‘आज ठूलो खुसीको दिन हो तर म खुसी हुन सकिरहेकी छैन’, बीनाले भनिन्, ‘मेरो जीवनको सबभन्दा ठूलो खुसी आज मसँग छैन।’ आफूले खुसीको यो क्षणमा जीवनसाथी प्रकाशलाई सम्झिरहेको भावुक मुद्रामा व्यक्त गरिन्।

निर्वाचन प्रचारका क्रममा मंसिर ३ गते प्रकाश दाहालको असामयिक निधनले पतिशोकमा परेकी बीना मगर विक्षिप्त भएकी थिइन्। पतिशोकका बेला धीत मरुन्जेल रुन पनि नपाई एक सातापछि चुनाव प्रचारमा होमिनुप‍रेको थियो। उनको यो पीडामा सबैले साथ दिए र आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले निर्वाचित भइन्।

बीनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए। ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुर क्षेत्र नं १ मा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो। दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बीना मगर ७ सय मतले पराजित भएकी थिइन्। ‘अब मैले यो क्षेत्रका जनताको भरोसालाई ध्यानमा राखेर काम गर्नेछु’, उनले भनिन्, ‘मेरो जीवन य.ही क्षेत्रको समग्र विकासका लागि केन्द्रित रहनेछ।’

आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाएकी छन्। ‘निर्वाचन प्रचारका क्रममा हामीले सार्वजनिक गरेका प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर यस क्षेत्रको विकासमा लाग्नेछु’, बीनाले भनिन्, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ।’ बीनाले आमजनतासँग निरन्तर जनसम्पर्क स्थापित गर्न, गुनासो सुन्न र समस्या समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने पनि जानकारी दिएकी छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बीना कञ्चनपुरबाट केन्द्रीय संसद्मा प्रत्यक्ष निर्वाचित हुने पहिलो महिला बनेकी छन्। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बीनालाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो।

राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाई नजिकबाट देखेकी उनी १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै संसद्मा निर्वाचित भएकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद, तीन पक्राउ
विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद, तीन पक्राउ
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली
“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने

तपाईंले छुटाउनुभयो कि?