भूकम्पमा परेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
भूकम्पमा परेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु

सारांश

  • सुर्खेत ।
  • जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।

सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।

उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिए । अस्पतालमा २५ जना उपचाररत रहेका छन् ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकाेट र रुकुम पश्चिमकाे गरी १५४ जनाकाे मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?