राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
४५ पटक हेरिएको
Shares
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा

सारांश

  • काठमाडौं, असार २१ ।
  • नेकपालाई विभाजनबाट जोगाउन भन्दै नेकपाका केही नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् ।
  • उनीहरुले बैठकका लागि अनलाईन मार्फत् प्रारम्भीक छलफल गरिसकेका छन् भने प्रारम्भीक भेलाको तयारी समेत गरेका छन् ।

काठमाडौं, असार २१ । नेकपालाई विभाजनबाट जोगाउन भन्दै नेकपाका केही नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् । उनीहरुले बैठकका लागि अनलाईन मार्फत् प्रारम्भीक छलफल गरिसकेका छन् भने प्रारम्भीक भेलाको तयारी समेत गरेका छन् ।

हिजो राती अबेरसम्म अनलाईन मार्फत् भएको बैठकमा ५३ जना सहभागी भएको पार्टीका केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिए।बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउनका लागि आवश्यक पर्ने प्रक्रिया अगाडी बढाउन भोली दिउँसो २ बजे प्रारम्भीक भेला आयोजना गर्ने निर्णय गरेको छ ।

उनले भेलापछि बैठक बोलाउन हस्ताक्षर संकलन समेत गरिने बताए । कुल केन्द्रीय सदस्य मध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था नेकपाको विधानमा छ । नेकपामा कुल केन्द्रीय सदस्य ४४५ जना रहेकोले ११२ जनाले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा बैठक बोलाउनु पर्ने देखिन्छ ।

एकतालाई जोगाउन सक्ने सवैभन्दा प्रभावकारी उपाय नै केन्द्रीय कमिटीको बैठक भएकाले तत्काल बैठक बोलाउन आफुहरुले माग गरेको गैह्रेले बताउनुभयो । कस्ले ठिक गरेको छ र कस्ले बेठिक गरेको छ भन्ने छुट्याउने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएकाले केन्द्रीय कमिटीबाट समाधन निकाल्न सकिने विश्वास उनले व्यक्त गरे ।

अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका गैह्रेले केन्द्रीय कमिटीले अन्याय गर्नेलाई सजाय र अन्यायमा परेकालाई न्याय दिने दावी पनि गरेका। उनले विभाजनको आगोमा घिउ हाल्ने काम बन्द गर्न र केन्द्रीय कमिटीको निर्णयका आधारमा अगाडि बढ्न शिर्ष नेताहरुलाई आह्वान पनि गरेका छन् ।

उनले भने“विभाजन गर्ने अधिकार कसैलाई छैन, देश, जनता र कार्यकर्ताको भावना नबुझ्ने मान्छे नेता बन्न सक्दैन, हल्ला र बहकावमा लाग्नु हुदैन ।” उनले नेकपाको विभाजन आफुहरुलाई स्विकार्य नहुने बताउदै एकताको नेता बनेका केपी ओलीलाई विभाजनको नेता नबन्न पनि आग्रह गरे ।

कार्यकर्ता र जनताको मन दुखाएर अहिले अर्को पार्टी बनाउनु पर्ने कुनै तर्क, औचित्य र आवश्यकता पुष्टि हुन नसक्ने नेता गैह्रेको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ का मुख्यमन्त्री राई आफुभन्दा २९ वर्ष कान्छीसँग विहे गर्दै
प्रदेश १ का मुख्यमन्त्री राई आफुभन्दा २९ वर्ष कान्छीसँग विहे गर्दै
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
कुल संक्रमितमध्ये ०.२१ प्रतिशतको मृत्यु, ४१.५ प्रतिशत संक्रमणमुक्त
कुल संक्रमितमध्ये ०.२१ प्रतिशतको मृत्यु, ४१.५ प्रतिशत संक्रमणमुक्त
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै
बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै
महोत्तरीका किसानले भुक्तानी पाएनन्
महोत्तरीका किसानले भुक्तानी पाएनन्