प्रदेश १ का मुख्यमन्त्री राई आफुभन्दा २९ वर्ष कान्छीसँग विहे गर्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ३, २०७७
|
|
२७ पटक हेरिएको
Shares
प्रदेश १ का मुख्यमन्त्री राई आफुभन्दा २९ वर्ष कान्छीसँग विहे गर्दै

सारांश

  • उमेरले आधा शतक पार गरिसकेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २९ वर्ष कान्छी एक मोडल युवतीसित बिहे गर्ने भएका छन्।
  • उमेरले ५१ वर्षका मुख्यमन्त्री राईको २२ वर्षीय मोडल युवती ज्याङमु शेर्पासित यही माघ ११ गते विवाह हुने भएको हो।
  • मुख्यमन्त्रीको सचिवालयले राई र शेर्पाबिच विवाह सम्पन्न हुने पुष्टि गरेको छ।

उमेरले आधा शतक पार गरिसकेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २९ वर्ष कान्छी एक मोडल युवतीसित बिहे गर्ने भएका छन्।

उमेरले ५१ वर्षका मुख्यमन्त्री राईको २२ वर्षीय मोडल युवती ज्याङमु शेर्पासित यही माघ ११ गते विवाह हुने भएको हो।
मुख्यमन्त्रीको सचिवालयले राई र शेर्पाबिच विवाह सम्पन्न हुने पुष्टि गरेको छ।

स्कुले विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका राईले उमेरले आधाभन्दा कान्छी मोडल युवतीसित बिहा गर्न लागेका हुन्। राई २०२७ सालमा जन्मिएका हुन्।

मुख्यमन्त्री राई विद्यार्थी कालमा राष्ट्रिय स्तरका भलिबल खेलाडी पनि थिए। उनले प्रदेश नम्बर १ को नामकरण गरेपछिमात्र बिबाह गर्ने बताउँदै आएका थिए। तर, प्रदेशको नामकरण अझै भएको छैन।

प्रतिनिधिसभाको विघटनपछि नेकपामा आएको विग्रहसँगै राईविरूद्ध नेकपाका बहुमत सांसद्ले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। यही माघ ७ गते सुरु हुने प्रदेश सभाको बैठकमा अविश्वासको प्रस्ताव पेश गरिने प्रदेश सभाले जनाएको छ।

ज्याङमुले मिस मङ्गोल–२०१८ को ताज पहिरिएकी थिइन्। उनको पुर्ख्यौली घर सङ्खुवासभा भएको र हाल काठमाडौंमै बसोबास गर्दै आएको सचिवालयले जनाएको छ। राई र शेर्पाको विवाहमा पार्टीलगायत सबै क्षेत्रका सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरिने तथा विराटनगर आएपछि सबैलाई भोज खुवाइने सचिवालयले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?