सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेटवार्ता, के भयो छलफल ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेटवार्ता, के भयो छलफल ?

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गरेका थिए । ‘विगतमा हाम्रा माननीयहरुले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’ उनले भने, “कोरियाली संसद्मा उत्तरकोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ ।” उहाँले निकट दिनहरुमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे । उनले सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए ।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराएका थिए । उनले बालबालिकासम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए ।

सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा
बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!
बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
अवैध उत्खनन गर्ने २४ ट्र्याक्टर नियन्त्रणमा
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द
आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
केशव भट्टराईले गरे पद वहाली
केशव भट्टराईले गरे पद वहाली
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?