‘राधा २’ मा अायुषमान र प्रियंकाकाे जाेडी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
‘राधा २’ मा अायुषमान र प्रियंकाकाे जाेडी !

सारांश

  • काठमाडाैँ, १४ असाेज ।
  • अायुषमान देशराज जोशी र प्रियंका कार्कि एकपटक फेरी टिभि स्क्रिनमा सँगै देखिने भएका छन् ।
  • अायुषमान र प्रियंका कार्तिक देखि छायांकन सुरु हुन लागेकाे चलचित्र ‘राधा २’ मा सँगै देखिने भएका हुन् ।

काठमाडाैँ, १४ असाेज । अायुषमान देशराज जोशी र प्रियंका कार्कि एकपटक फेरी टिभि स्क्रिनमा सँगै देखिने भएका छन् । अायुषमान र प्रियंका कार्तिक देखि छायांकन सुरु हुन लागेकाे चलचित्र ‘राधा २’ मा सँगै देखिने भएका हुन् । उनीहरु अभिनित चलचित्र ‘चङ्गाचेट’ अर्काे महिना रिलिज हुँदैछ भने ‘कथा काठमाडाैँ’ अघिल्लाे हप्ता देखि हलहरुमा प्रदर्शनमा छ । यी बाहेक उनीहरुले ‘एउटा यस्ताे प्रेम कहानी’मा पनि सँगै काम गरिसकेका छन् ।

अायुषमान र प्रियंका रिल लाइफमा मात्र नभएर रियल लाइफ जाेडी हुन् । उनीहरुकाे केही महिना अघि स्वयंबर भैसकेकाे थियाे भने छिटै उनीहरु वैवाहिक जीवनमा बाँधिदै छन् ।

‘राधा २’ का लागि प्रियंका धेरै पहिले नै तय भैसकेकाे भएपनि अहिले अाएर अायुषमान पनि जाेडिने भएका हुन् । ‘हामीले रियल लाइफ जोडी भएर वा कसैको दबाबमा आयुष्मानलाई लिएका होइनौ । यो म्यूजिकल लभ स्टोरी चलचित्र हो । यसमा आयुष्मान पोख्त लागेर लिएका हौ ।’ निर्देशक योगेश घिमिरेले भने।

चलचित्रकाे छायांकन कार्तिक ८ देखि पुर्वका विभिन्न स्थानमा हुनेछ । चलचित्रमा थप एकजना कलाकार मुख्य भूमिकामा रहने र त्यसकाे बारेमा भने पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरिने निर्देशक घिमिरेले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?