जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
सारांश
- काठमाडौं ।
- जेनजी सहिद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन्।
- बिहीबार राजधानीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन्।
काठमाडौं । जेनजी सहिद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन्।
बिहीबार राजधानीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन्।
सहिद श्रीयम चौलागाईंका बुबा गणेश चौलागार्इंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति रोष व्यक्त गरे। चौलागाईंले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे।
सहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेटसमेत नदिएको भन्दै आक्रोश व्यक्त गरे।
सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेनजीहरुले सहानुभूतिसमेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेनजीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरु आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ।’
जेनजी सहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकूद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ। समितिले सो माग सात दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
创建Binance账户
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.