निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब : नेता पोख्रेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
१७८ पटक हेरिएको
Shares

सारांश

  • नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताउनुभएको छ ।
  • प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभयो ।
  • संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताउनुभएको छ ।

प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभयो ।

संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उहाँको भनाइ थियो । उहाँले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?