नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

सारांश

  • एक सातादेखि नेपालगंंञ्जमा लागेको बाक्लो हुस्सले डोल्पा लगायतका पश्चिम क्षेत्रका हवाई उडानहरु प्रभावित भएका छन् ।
  • नेपालगंञ्ज विमानस्थलमा बाग्लो हुस्सुको कारण अध्यारो हुने भएकाले नेपालगंञ्ज देखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगंञ्ज विमानस्थलले जनाएको छ ।
  • ‘एकसाता अघिसम्म तारा, सम्मिट, मकालु लगाएतका सबै एअरलाईन्सले नियमित उडान गर्दै आएका थिए ।

एक सातादेखि नेपालगंंञ्जमा लागेको बाक्लो हुस्सले डोल्पा लगायतका पश्चिम क्षेत्रका हवाई उडानहरु प्रभावित भएका छन् ।

नेपालगंञ्ज विमानस्थलमा बाग्लो हुस्सुको कारण अध्यारो हुने भएकाले नेपालगंञ्ज देखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगंञ्ज विमानस्थलले जनाएको छ ।

‘एकसाता अघिसम्म तारा, सम्मिट, मकालु लगाएतका सबै एअरलाईन्सले नियमित उडान गर्दै आएका थिए । आजभोलि एअरलाईन्सहरुले उडान घटाएका छन् ।’ नागरिक उडड्यन प्राधिकरण जुफाल विमानस्थलका डोल्पाका प्रमुख श्रीकृष्ण रिजालले भने ।

‘जुफाल विमानस्लथमा विहानको समयमा मात्र उडानहुने र दिउसो हावा बड्ने भएकाले उडान नहुने भएकाले नेपालगंञ्जमा बिहानको समयमा मौसममा  अाउँने खराबीले सबै एअरलाईन्सका  उडान घटेका हुन् ।’

नेपालगंञ्जको मौसममा सुधार भएपछि मात्र नियमित उडान हुने उनले बताए ।  हिँउदे मौसम सुरु भएदेखि अन्त्य नहुन्जेलसम्म पश्चिमका उडानहरु अनियमित भईरहने भएकाले पुसदेखि फागुन महिनासम्मको तीन महिनाको अवधिमा विभिन्न गन्तब्यमा पुग्न हवाई यात्रा गर्नुपर्ने यात्रुहरुलाई सास्ती हुने गरेको उनले बताए ।

डोल्पा, जुम्ला, हुम्ला लगायतका जिल्लाहरुमा हिमपात सँगै चिसो बड्ने भएकाले यतिखेर कर्णालीका सबै विमानस्थलमा जाडो छल्न तराई झर्ने सर्बसाधारणको चाप बड्ने गर्दछ । उडान अनियमित भएपछि बिरामी, विद्यार्थी मर्कामा परेका छन् ।

(https://teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ