राप्रपा प्रजातान्त्रिकले बनायो पराजयको कारण खोज्न समिति

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
राप्रपा प्रजातान्त्रिकले बनायो पराजयको कारण खोज्न समिति

सारांश

  • प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजय र पार्टीको भावी नीति तथा कार्यक्रम बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नौ सदस्यीय समिति बनाएको छ ।
  • मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको संयोजकत्वमा नौ सदस्यीय समिति बनाएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
  •   समितिको सदस्यमा वरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर विष्ट, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय सुनील थापा र ध्रुवबहादुर प्रधान छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजय र पार्टीको भावी नीति तथा कार्यक्रम बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नौ सदस्यीय समिति बनाएको छ । मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको संयोजकत्वमा नौ सदस्यीय समिति बनाएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

समितिको सदस्यमा वरिष्ठ उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर विष्ट, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय सुनील थापा र ध्रुवबहादुर प्रधान छन् । त्यस्तै, पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुर शर्मालाई पनि सदस्य बनाइएको छ । बैठकले समितिलाई निर्वाचनमा पराजयको कारण र पार्टीको आगामी नीति तथा कार्यक्रमका विषयमा पुस मसान्तसम्म प्रतिवेदन पेस गर्ने म्यान्डेट दिएको छ । समितिले प्रतिवेदन बुझाएपछि केन्द्रीय समितिमा छलफल गर्दै पारित गरेर कार्यान्वयनको चरणमा लैजाने तयारी राप्रपा (प्रजातान्त्रिक)को छ ।

बैठकमा महामन्त्री ध्रुवबहादुर प्रधानले निर्वाचनसम्बन्धी राजनीतिक प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले निर्वाचनमा भएको खर्च र आयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनमा आगामी बैठकमा मात्रै छलफल हुनेछ ।

त्यस्तै, बैठकले स्वच्छ र निष्पक्ष रूपमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवादसमेत दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेको राप्रपा प्रजातान्त्रिक समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय दल बन्नबाट वञ्चित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
राष्ट्रिय अनुसन्धान विभागलाई किन विवादमा तानिंदैछ!
राष्ट्रिय अनुसन्धान विभागलाई किन विवादमा तानिंदैछ!
‘राधिका आमा’को पहिचान : सत्ताको भोक र उन्मादले कहिल्यै छोएन
‘राधिका आमा’को पहिचान : सत्ताको भोक र उन्मादले कहिल्यै छोएन
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’

तपाईंले छुटाउनुभयो कि?