अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !

सारांश

  • काठमाडौं, २५ भदौ ।
  • प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत रुपमा अनुमाेदन भएकाे छ ।
  • साेमबार बसेकाे संसदीय सुनुवाई समितिकाे बैठकमा मिश्रका बारेमा परेका उजुरी तथा अन्य विषयमा छलफल भएकाे थियाे ।

काठमाडौं, २५ भदौ । प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत रुपमा अनुमाेदन भएकाे छ । साेमबार बसेकाे संसदीय सुनुवाई समितिकाे बैठकमा मिश्रका बारेमा परेका उजुरी तथा अन्य विषयमा छलफल भएकाे थियाे ।

मिश्रसँगको छलफलपछि समितिले उनकाे नाम अनुमोदन गरेकाे हाे । सामान्य बहुमतबाट अनुमोदन गर्न सक्ने भए पनि सिफारिस अस्वीकृत गर्न भने समितिलाई दुईतिहाइ मत चाहिन्थ्याे । नेपालको संविधानको धारा २९२ को उपधारा ९१० मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ ।

उक्त धाराको उपधारा ९२० मा उपधारा ९१० को प्रयोजनका लागि संघीय संसदका दुबै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम १५ सदस्यीय संयुक्त समिति गठन गरिने प्रावधान छ । समितिमा सभापति चयन नभइसकेको हुँदा समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले सभापतित्व गरेका थिए । ।

             

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?