सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सारांश
- काठमाडौं, १४ वैशाख ।
- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ ।
- अब सांसदहरुले जथाभावी उपहार लिन नपाउने भएका छन् ।
काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ ।
अब सांसदहरुले जथाभावी उपहार लिन नपाउने भएका छन् । सांसदका छोरा, श्रीमतीले पाएका उपहार पनि सार्वजनिक गर्नुपर्नेछ ।
सरकारले ल्याउन लागेको सदाचार नीतिमा सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार, व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने, छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति समावेश गरिएको छ ।
सो मस्यौदा माथि प्रधानमन्त्रीको कार्यलयले एक दुइ दिनमै सरोकारवाला पक्षसंग छलफल गर्ने तयारी गरेको छ । छलफल पछि सदाचार नीति लागु गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलययले जनाएको छ ।
मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यलयका सचिव केदार अधिकारीले केही दिनमै सदारचार नीतिमाथि सरोकारवालासंग प्रधानमन्त्रीको कार्यलयले छलफल शुरू गर्ने बताए । उनले भने, ‘छलफल सकिए पछि सदाचार नीति लागु हुन्छ । यसको तयारी भइरहेको छ ।’
प्रतिक्रिया