स्वास्थ्य बिमा गर्नेमा कास्की जिल्ला अगाडि
सारांश
- सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममा कास्केलीहरूको सहभागिता उत्साहजनक देखिएको छ ।
- गत आर्थिक वर्ष ०७३/७४ मा सरकारले कार्यक्रम सञ्चालन गरेको १५ जिल्ला मध्ये कास्की जिल्ला अगाडि देखिएको हो ।
- सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांक अनुसार कास्कीका ४१ हजार ५९६ मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् ।
सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममा कास्केलीहरूको सहभागिता उत्साहजनक देखिएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा सरकारले कार्यक्रम सञ्चालन गरेको १५ जिल्ला मध्ये कास्की जिल्ला अगाडि देखिएको हो ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांक अनुसार कास्कीका ४१ हजार ५९६ मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् ।
४ लाख ९२ हजार ९८ जनसंख्या रहेको उक्त जिल्लाका ८ दशमलव ४५ प्रतिशत मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् ।
१५ जिल्ला मध्ये जनसंख्याको आधारमा कास्की जिल्ला तेस्रो स्थानमा रहेको छ । तर कुल जनसंख्या मध्ये बिमा गर्ने जनसंख्याको प्रतिशतको आधारमा भने दोस्रोमा परेको छ । त्यस्तै पाल्पामा ३९ हजार ६ सय ९९ मानिसले बिमा कार्यक्रममा सहभागिता जनाएका छन् ।
प्रतिक्रिया