रामचन्द्रको जमानत जफत हुने गोविन्दराज जोशीको चेतावनी ।
सारांश
- पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिएका छन् ।
- जोशीले तनहूँ क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरदै बिहीबार दमौलीमा शक्ति प्रदर्शन गरेका थिय ।
- ‘यदि उहाँ जवरजस्ती चुनाव लड्नु भयो भने उहाँको जमानत जफत हुन्छ, त्यो अवस्था आउनु भनेका उहाँले आत्महत्या गरे सरह हो ।
पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिएका छन् । जोशीले तनहूँ क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरदै बिहीबार दमौलीमा शक्ति प्रदर्शन गरेका थिय । ‘यदि उहाँ जवरजस्ती चुनाव लड्नु भयो भने उहाँको जमानत जफत हुन्छ, त्यो अवस्था आउनु भनेका उहाँले आत्महत्या गरे सरह हो ।’ आफूले पौडेललाई आत्महत्या गर्नबाट बचाउनको लागि तनहूँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई थियो । तनहुँका जनता पौडेलबाट धेरै लामो समयसम्म ठगिएको भन्दै जोशीले अब जनताको भावना अनुसार नै आफू चुनाव लड्न लागेको बताए ।नेपाली कांग्रेस पछिल्लो समय सिद्धान्तहीन भएको भन्दै जोशीले सत्ता प्राप्तिको लागि जोसुकैसँग पनि घाँटी जोड्न कांग्रेस नेतृत्व तयार भएको जोशीको आरोप थियो ।
प्रतिक्रिया