सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०७४
|
|
११८ पटक हेरिएको
Shares
सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !

सारांश

  • त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् ।
  • स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।
  • यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो ।
त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।
यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।
त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा.डा.राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
कुन क्याम्पसमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ?
नेपाली
सरस्वती क्याम्पस १ विद्यार्थी
त्रिचन्द्र क्याम्पस २ विद्यार्थी
पाटन क्याम्पस ३ विद्यार्थी
भक्तपुर क्याम्पस ६ विद्यार्थी
जनसंख्या
पाटन क्याम्पस ३ विद्यार्थी
रत्न राज्य क्याम्पस ६ विद्यार्थी
मानवशास्त्र
पद्मकन्या क्याम्पस ३ विद्यार्थी
अंग्रेजी
सरस्वती क्याम्पस ५ विद्यार्थी
केन्द्रीय विभागहरू
इतिहास ३ विद्यार्थी
हिन्दी ४ विद्यार्थी
संस्कृत ७ विद्यार्थी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
प्रजातन्त्र दिवस भव्यताका साथ ३ दिनसम्म मनाइने
प्रजातन्त्र दिवस भव्यताका साथ ३ दिनसम्म मनाइने
बाँस्कोटाको अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो स् डा. प्रकाशशरण महत
बाँस्कोटाको अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो स् डा. प्रकाशशरण महत
सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु
सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु
तिवारीको शव यात्रामा हजारौ सहभागी…
तिवारीको शव यात्रामा हजारौ सहभागी…
कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु
कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु
कात्तिक ११ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक ११ गते मंगलवारको राशिफल यस्तो छ
आजदेखि हेटौंडाबाट कोरोना भाइरसको परीक्षण
आजदेखि हेटौंडाबाट कोरोना भाइरसको परीक्षण
रजनीकान्तको फिल्म ‘२.०’ लिक, लिक गर्नेले नै दिए निर्मातालाई जानकारी
रजनीकान्तको फिल्म ‘२.०’ लिक, लिक गर्नेले नै दिए निर्मातालाई जानकारी

तपाईंले छुटाउनुभयो कि?