राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा

सारांश

  • काठमाडौँ, २३ असार ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ ।
  • देशभरबाट ११४ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकमा स्थानीय तहको चुनावको समीक्षा र प्रदेश तथा केन्द्रीय चुनावका बारे छलफल गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ ।

देशभरबाट ११४ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकमा स्थानीय तहको चुनावको समीक्षा र प्रदेश तथा केन्द्रीय चुनावका बारे छलफल गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । मुलुकमा विकसित भएको राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी पार्टीको भावी रणनीति तयारीका लागि पनि बैठकमा छलफल गरिने छ ।

पार्टीको विधानानुसार १६३ केन्द्रीय सदस्य रहने व्यवस्था गरिए पनि ४९ सदस्य मनोनयन गर्न बाँकी छ । व्यवस्थापिका–संसद्मा पार्टीका तर्फबाट ३७ सांसदले प्रतिनिधित्व गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?