राष्ट्रपतिका विज्ञ सल्लाहकारले किन दिए राजीनामा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपतिका विज्ञ सल्लाहकारले किन दिए राजीनामा ?

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरलले राजीनमा दिएका छन्।
  • प्याकुरेलले शुक्रबार पदबाट राजीनामा दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरलले राजीनमा दिएका छन्। प्याकुरेलले शुक्रबार पदबाट राजीनामा दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
प्याकुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जनाएका थिए। उनको राजीनामा स्वीकृतिसमेत भइसकेको छ।
मानवअधिकारका क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाब र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि त्यसप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?