स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव

सारांश

  • वासिङ्टन डिसी।
  • उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन्।
  • संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औं बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए।

वासिङ्टन डिसी। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औं बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए।

तीन दशक अगाडि कायरोमा सम्पन्न जनसंख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको उनले बताए।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए।

उनले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैंगिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ। आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ।”

युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए।

उनले नयाँ जनसंख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए। उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरे।

उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादर थापालगायत सहभागी भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशी हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)
स्वदेशी हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
काेराेना भाइरस : लामो दूरीका सवारी आवागमन रोकियो
काेराेना भाइरस : लामो दूरीका सवारी आवागमन रोकियो
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
अफिसमै बोलाएर पटक पटक बलात्कार, ‘पैसा खाएर’ घटना मिलाउन खोज्दै प्रहरी ?
अफिसमै बोलाएर पटक पटक बलात्कार, ‘पैसा खाएर’ घटना मिलाउन खोज्दै प्रहरी ?
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?

तपाईंले छुटाउनुभयो कि?