‘सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
‘सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण’

सारांश

  • ताप्लेजुङ– निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
  • उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।
  • निर्वाचन पछिको पछिल्लो अवस्था बुझ्ने क्रममा गृह जिल्ला ताप्लेजुङ आइपुगेका दाहालले शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त दाहालले निर्वाचन सम्पन्न भएदेखि मतगणनासम्मकै अवधिसम्म सरकारले सुरक्षा चुस्ता बनाइ राख्न आवश्यक रहेकोमा जोड दिए ।

ताप्लेजुङ– निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।

निर्वाचन पछिको पछिल्लो अवस्था बुझ्ने क्रममा गृह जिल्ला ताप्लेजुङ आइपुगेका दाहालले शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त दाहालले निर्वाचन सम्पन्न भएदेखि मतगणनासम्मकै अवधिसम्म सरकारले सुरक्षा चुस्ता बनाइ राख्न आवश्यक रहेकोमा जोड दिए । दाहालले भने, ‘निर्वाचनका लागि आयोगले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको छ । सरकारले सुरक्षामा कुनै पनि चुनौती नआउने गरी सुरक्षाको बन्दोबस्ती गर्नुपर्छ ।’

दाहालले आचार संहिताको पालनामा गम्भीर हुन सबै दल तथा उम्मेदवारहरुलाई आग्रह गरेका छन् । आचार संहिताको उल्लंघन गर्ने उपर निर्वाचन आयोग कठोर बन्ने मनस्थितिमा पुगेको दाहालले बताए । ‘आफैंले बनाएको नियम पालना गर्दिन भन्नु र नगरिनुले कसलाई नैतिक जोखिममा पार्छ ?’ दाहालले प्रश्न गरे । उनले आचार संहीताको उल्लंघनका बारेमा सुक्ष्म अनुगमन गर्न आयोगले बिशेष प्रकारको निगारानी बढाएको समेत जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्
तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्
निजामती कर्मचारी युनियनमा पोखरेल
निजामती कर्मचारी युनियनमा पोखरेल
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
फेरि लकडाउन हुनसक्ने, सरकार एलर्ट
लागुऔषध सहित १ जना लाई पक्राउ
लागुऔषध सहित १ जना लाई पक्राउ
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर
सामान्य असावधानीले हुन्छ आगलागी
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती

तपाईंले छुटाउनुभयो कि?