बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

सारांश

  •   सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ ।
  • मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।
  • बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिनुभयो ।

सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिनुभयो । सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो ।

सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला
‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला
ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सुझाव!
ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सुझाव!
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै
आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
लगानीकर्ताको विवादले फन भ्याली बन्द
लगानीकर्ताको विवादले फन भ्याली बन्द
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?

तपाईंले छुटाउनुभयो कि?