चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !

सारांश

  • जनकपुरधाम, २७ वैशाख ।
  •   सामन्यतया जनकपुर अञ्चल अस्पतालमा चिकित्सक, अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आफ्नो ड्यूटी समयमा उपस्थित हुँदैनन् ।
  • आ–आफ्नो निजी क्लिनिक, अस्पताल तथा नर्सिङहोममा व्यस्त रहने ती कर्मचारीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि भने अस्पतालमा नियमित उपस्थित हुन थालेका छन् ।

जनकपुरधाम, २७ वैशाख ।  सामन्यतया जनकपुर अञ्चल अस्पतालमा चिकित्सक, अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आफ्नो ड्यूटी समयमा उपस्थित हुँदैनन् ।

आ–आफ्नो निजी क्लिनिक, अस्पताल तथा नर्सिङहोममा व्यस्त रहने ती कर्मचारीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि भने अस्पतालमा नियमित उपस्थित हुन थालेका छन् । यति मात्र होइन जनकपुर अञ्चल अस्पताल हाइ अलर्टमा छ ।

उच्च सतर्कतामा रहन सरकारको निर्देशन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (शुक्रबार) जनकपुर आउने भएपछि जनकपुर अञ्चल अस्पतालसँगै देशका ६ वटा अस्पताललाई ’हाइ अलर्ट’मा राखिएको छ । मोदीको आसन्न भ्रमणलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पताललाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौं ,त्रि.वि. शिक्षण अस्पताल काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, मनमोहन कार्डियोथोरासिक भास्कूलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं, जनकपुर अञ्चल अस्पताल धनुषा र जिल्ला अस्पताल मुस्ताङलाई स्वास्थ्य मन्त्रालयले मोदीको जनकपुर र मुक्तिनाथ दर्शनको कार्यक्रमसँगै नेपाल भ्रमण अवधिभर आकस्मिक स्वास्थ्य प्रबन्ध मिलाउन र उच्च सतर्कतामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन छ ।

२१ वैशाख २०७५ मा नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार ती सबै अस्पतालहरूमा मोदी भ्रमणका लागि अस्पतालबाट एकजना चिकित्सकलाई फोकल व्यक्ति तोकी आवश्यक समन्वय गर्ने जिम्मेवारीसहित खटाइएको छ ।

भ्रमण अवधिभर कुनै प्रकारको आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्नुपरे तयारी अवस्थामा रहने र त्यहाँ अस्पताल मातहतको एम्बुलेन्स आवश्यक औषधि उपकरणसहित तयारी अवस्थामा राख्ने भन्दै तीन बुँदे निर्देशन समेत जारी गरिएको छ ।

गृह मन्त्रालयले ती सबै व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेकाले स्वास्थ्य मन्त्रालयले देशका ती ६ वटा अस्पतालहरूलाई निर्देशन दिएको हो ।

जनकपुर अञ्चल अस्पतालको यस्तो छ तयारी

स्वास्थ्य मन्त्रालयको निर्देशन आएलगत्तै जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रामपरीक्षण यादवले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.कुलदीप पण्डितलाई फोकल व्यक्ति चयन गरेका छन् । साथै ३२ जना स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरूको टोली मोदी भ्रमणका लागि तैनाथ गरेर राखिएको छ ।

यसका साथै अत्यावश्यक औषधि तथा व्यवस्थापकीय अवस्थाबारे अस्पतालले मन्त्रालयलाई जानकारी गरएको छ । अस्पतालले आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने टीम, अस्पतालबाट ना१झ १५९६ नम्बरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको व्योहोरासहितको जानकारी मन्त्रालयलाई गराएको छ ।

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन

शुक्रबार मोदीको जनकपुर भ्रमण भएकाले जनकपुर अञ्चल अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, पारामेडिक्स, नर्सलगायत अन्य कर्मचारीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आदेशानुसार अनिवार्य रूपमा तोकिएको ड्रेस लगाई आफ्नो ड्यूटीमा उपस्थित हुनुपर्ने र सो अवधिभर कुनै पनि कर्मचारीले बिदा बस्न नपाउने गरी अस्पतालको सूचनापाटीमा २० वैशाखदेखि सूचना टाँसिएको छ ।

अस्पतालमा अपनाइएको हाइ अलर्ट देखेर सर्वसाधारण सेवाग्राही भने अचम्मित छन् । सर्वसाधारणको उपचारमा पनि यस्तै सतर्कता अपनाउनुपर्नेमा उनीहरूको जोड छ ।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
नेपाल भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु
यस्तो बन्दैछ ओली सरकार : छानिने भए यी कमान्डरहरु
Salman Khan & Katrina Kaif sets the stage on fire at Dabangg Tour Reloaded, watch videos
Salman Khan & Katrina Kaif sets the stage on fire at Dabangg Tour Reloaded, watch videos
बाँदरले बस्ती नै उठायो !
असुरक्षित गर्भपतन बढ्दै
असुरक्षित गर्भपतन बढ्दै
बैंकर अनिल शाह अब हिरो !
बैंकर अनिल शाह अब हिरो !
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ

तपाईंले छुटाउनुभयो कि?