हतारको काम, के हो नेपालको नाम ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
हतारको काम, के हो नेपालको नाम ?

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  • चलनचल्तीको भाषा जे भए पनि छिमेकी मुलुक भारतको औपचारिक नाम ‘हिन्दुस्तान’ होइन ।
  • विश्वले चिन्ने रिपब्लिक अफ इण्डिया भनेर हो ।

काठमाडाै, २१ वैशाख । चलनचल्तीको भाषा जे भए पनि छिमेकी मुलुक भारतको औपचारिक नाम ‘हिन्दुस्तान’ होइन । विश्वले चिन्ने रिपब्लिक अफ इण्डिया भनेर हो । उत्तरी छिमेकीको नाम पनि चीन मात्रै नभएर पिपुल्स रिपब्लिक अफ चाइना हो । पाकिस्तानलाई चिन्न इस्लामिक रिपब्लिक अफ पाकिस्तान भन्नैपर्ने हुन्छ । बंगलादेशलाई संबोधन गर्दा पिपुल्स रिपब्लिक अफ बंगलादेश किट्नुपर्ने हुन्छ । अमेरिकालाई युनाइटेड स्टेट्स अफ अमेरिका भन्नैपर्छ ।

हाम्रो देशको नाम क्याबिनेट बैठकले ‘नेपाल’ मात्रै भन्ने निर्णय गरेको छ । तर, बहुलठ्ठी पाराले कसले सर्कुलर जारी गरेर हो थाहा छैन, विदेशस्थित सबै नेपाली नियोगमा फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखेर साइनबोर्डहरु टाँगिएको छ । तर हाम्रो देशको नाम नेपाल मात्रै हो  जनअास्थाले लेखेकाे छ। यो निर्णय ०६६ सालमै भएको हो । आज १२ वर्ष भइसक्यो नेपाल संघीय बन्ने भनेको तर अझै पनि यो देशका सबै संरचना संघीय मोडेलमा जाने हुन् वा होइनन्, थाहा छैन । बाह्र वर्ष बेफ्वाँकमा हामीले आफ्नो देशको नाम भने अर्कै बताइरहेका छौं ।

यत्तिका वर्षसम्म क्याबिनेटले गरेको निर्णय कार्यान्वयन हुँदैन भने दोष कसलाई दिने ! नेप्लिज भन्ने कि नेपाली भन्ने विषयमा समेत विवाद छ । विदेश जान भिसा लिँदा राष्ट्रियताको ठाउँमा नेप्लिज लेख्ने गरिएको छ । क्याबिनेटले नेपाली भन्ने निर्णय गरेको छ तर प्राक्टिसमा त्यो कुरा देखिँदैन । कथनी र करनीमा भने सधैं फरक देखिन्छ । यो कहिलेसम्म ? बोली र व्यवहारमा सामञ्जस्य ल्याउने कहिले हो ? शाही नेपाल वायुसेवा निगमबाट गणतन्त्र आएपछि शाही हटाइयो तर अन्तर्राष्ट्रिय कल साइनमा भने आरए नै भन्ने प्रचलन छ । त्यसकारण हतारमा कुनै कुरा बदल्न, नामै फेर्न खोज्नुभन्दा अगाडि विचार पु¥याउनुपर्छ ।

सन् १९९० मै सोभियत संघ विघटन भएर रसियालगायत १५ टुक्रामा विभाजित भयो । त्यहाँ सत्ता र शासनमा कम्युनिष्ट पार्टी छैन । यल्तसिन र पुटिनले राज्य सम्हालेको धेरै भयो । त्यहाँको राष्ट्रिय झण्डा अर्कै छ तर रसियाको सरकारी वायुसेवा कम्पनी एरोफ्लोटमा भने अझै पनि हँसिया हथौडा नै अंकित छ । त्यो अन्तर्राष्ट्रिय पहिचान हो ।

संसारभरिका प्रहरी र सेनाहरुको कलसाइन जब ‘आइ’ आउँछ, त्यसले इण्डिया भन्ने बुझाउँछ । जसरी ‘के’ ले किलो, ‘पी’ ले पापा, ‘बी’ ले ब्राभो भन्ने बुझिन्छ, त्यसैगरी ‘आइ’ ले इण्डिया, ‘एन’ ले नोभेम्बर भन्ने जनाउँछ । यस्तोमा अब हामीले पनि एकरुपता ल्याउने र सचेततालाई यसतर्फ पनि फर्काउने काम गर्न ढिलो भइसक्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा डिस होम
इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा डिस होम
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
यस्ता थिए २०१७ का आक्रमण र आतंक
यस्ता थिए २०१७ का आक्रमण र आतंक
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने

तपाईंले छुटाउनुभयो कि?