बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक
सारांश
- तिहारको समय गौरीगंगा नगरपालिकाको बडैपुरमा गाडी दुर्घटना भए पछि विवादमा तानिएका सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक मन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार मन्त्री पदबाट बर्खास्त गरियो ।
- सोडारीले मन्त्री पदमात्रै गुमाएनन, पार्टीबाट पनि हात धुनु परेको छ ।
- उनलाई नेकपाले साधारणस सदस्य समेत नरहने गरी घोक्रेठ्याक लगाएको छ ।
तिहारको समय गौरीगंगा नगरपालिकाको बडैपुरमा गाडी दुर्घटना भए पछि विवादमा तानिएका सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक मन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार मन्त्री पदबाट बर्खास्त गरियो । सोडारीले मन्त्री पदमात्रै गुमाएनन, पार्टीबाट पनि हात धुनु परेको छ । उनलाई नेकपाले साधारणस सदस्य समेत नरहने गरी घोक्रेठ्याक लगाएको छ ।
पद अनुरुपको आचरण नगरेको, पार्टीले पटक–पटक पार्टीको नीति अनुसार काम गर्न आग्रह गरेपनि वेवास्ता गरेको, आपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भूमिका खेलेको आरोप लगाउँदै सोडारीलाई मन्त्रीबाट बर्खास्त गरिएको हो । मंगलबार नै उनको स्थानमा कृष्ण सुवेदीलाई मन्त्री पदको सपथ खुवाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया