‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको छ : अध्यक्ष थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको छ : अध्यक्ष थापा

सारांश

  • बागलुङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाएको आरोप लगाए।
  • पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बागलुङमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले देशमा भ्रष्टचार बढदै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैको राष्ट्रिय सहमति भएको उनको भनाई छ।
  • उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर देश कंगाल बनाएका छन्।

बागलुङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रको स्थापनापछि देशमा
सत्तापक्ष र प्रतिपक्षले मिलेर ‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाएको आरोप
लगाए। पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बागलुङमा भएको आमसभामा बोल्दै
अध्यक्ष थापाले देशमा भ्रष्टचार बढदै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख
प्रतिपक्ष दुवैको राष्ट्रिय सहमति भएको उनको भनाई छ। उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष
दुबैले मिलेर देश कंगाल बनाएका छन्। भ्रष्टाचारमा लिप्त भएका छन्।’
देशमा अनियन्त्रीत ढंगले भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले यसप्रति खबरदारी गरेको
बताए।

मुलुकमा हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा
गरिएको उनको भनाई छ। ‘मुलुकमा गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुग्यो थापाले
भने, ‘गणतन्त्रलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन हिन्दु
संस्कृतिलाई मासियो। डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म
परिवर्तनको चर्को रुप देखिएको छ।’ थापाले राष्ट्रघाति नागरिकता ऐन कार्यान्वयन गरेर
लाखौं विदेशीलाई नागरिकता बाँडिनु लोकतन्त्र विपरित रहेको बताए।
युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाँडी र मलेसियाको जंगलमा जान बाध्य
पारिएको उनको भनाई छ।

नेपालमा गरिबी र बेरोजगारका, भ्रष्ट्राचार, धर्म संस्कृतिमाथिको अतिक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्तावादको खतरामुख्य चुनौतीको रुपमा देखिएको थापाले बताए। जनआन्दोलन गर्ने र मुलुककोपरिवर्तनका लागि बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्न बाध्य छन,’अध्यक्ष थापाले भने,‘ बन्दु बोक्ने खाडीमा बोकाउनेहरु अर्बपति र चिल्ला गाडीमा छन्।यसै यथार्थ बाहेक मुलुकमा कुनै पविर्तन हुन सकेको छैन।’ राप्रपाले अघि सारेको
मध्यमार्गी धार राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब
गाउँगाउँमा बहस चलाउन जरुरी रहेको बताए।

‘हामी देशमा शान्ति नपाउने हो भने, रोजगारी नपाउने हो भने, अब राजसंस्था र हिन्दुराष्ट्र
यी दलहरुसंग फिर्ता माग्नुपर्छ,’ उनले भने, ‘अहिले विप्लवको नाममा जे जस्तो गतिविधि
भैरहेको छ, त्यसले अहिले सरकार सञ्चालन गरेका र प्रतिपक्षमा भएका दलहरु असफलभएको स्पष्ट छ। उनीहरुले जनतासंग माफी मागेर राजसंस्था र हिन्दुराष्ट्रफर्काउनुपर्छ।’
उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको औलाउँदै राप्रपाले अब
सत्ता केन्द्रित राजनीति कहिल्यै नगर्ने समेत उल्लेख गरे। सभालाइ बरिष्ठ उपाध्यक्ष बुधिमान
तामाङ, दिलविकास राजभण्डारी, विन्दु पहाडी, प्रकाश रिमाल, देवि कँडेल लगायतले बोल्नु भएको
थियो । कार्यक्रम जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?