एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !

सारांश

  • काठमाडाैँऽ १४ भदाै ।
  • एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले २६ अाेभरकाे खेल सकिँदा ३ विकेट गुमाएर ८० रन बनाएकाे छ भने अावश्यक रन रेट ७ भन्दा माथि पुगेकाे छ ।
  • खराब सुरुवात गरेको नेपालले ५० रन भित्रै महत्वपूर्ण ३ विकेट गुमाएकाे थियाे ।

काठमाडाैँऽ १४ भदाै । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले २६ अाेभरकाे खेल सकिँदा ३ विकेट गुमाएर ८० रन बनाएकाे छ भने अावश्यक रन रेट ७ भन्दा माथि पुगेकाे छ ।

खराब सुरुवात गरेको नेपालले ५० रन भित्रै महत्वपूर्ण ३ विकेट गुमाएकाे थियाे । दिपेन्द्र सिँह एेरी र सुवाष खकुरेलले सम्हालिँदै नेपालकाे इन्निङ् अगाडी बढाइरहेका छन् । उनीहरु बिच ४४ रनकाे साझेदारी बनिसकेकाे छ । भने सुवाष व्यक्तिगत ४३ रनमा खेलिरहेका छन् ।

 निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।

पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको छ । जितका लागि नेपाललाई हरेक ओभरमा साढे ५ को औसतमा रन बनाउनु पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?