प्रायोगात्मक ज्ञान बाँड्दै शिक्षक अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रायोगात्मक ज्ञान बाँड्दै शिक्षक अधिकारी

सारांश

  • ललितपुर, २४ भदौ ।
  • सेवा निवृत्त भए पनि काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी फुर्सदिलो हुनुहुन्न ।
  • पहिलेभन्दा अहिले उहाँ अझै व्यस्त हुनुहुन्छ ।

ललितपुर, २४ भदौ । सेवा निवृत्त भए पनि काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी फुर्सदिलो हुनुहुन्न । पहिलेभन्दा अहिले उहाँ अझै व्यस्त हुनुहुन्छ । बिहान अरू जागिरे कर्मचारीभन्दा चाँडो निस्कनुहुन्छ र साँझ अबेर निवासस्थान फर्कनुहुन्छ ।शिक्षकका रूपमा झण्डै चार दशक काम गरेर अवकाश पाउनुभएका उहाँ दैनिक विभिन्न विद्यालय पुगेर विद्यार्थी र शिक्षकलाई विज्ञानको प्रयोगात्मक ज्ञान दिलाउने गर्नुहुन्छ ।

काम गर्दा तलब पाइएकाले निवृित्तभरण पनि काम नगरी लिनु हुँदैन भन्ने मान्यता राख्नुहुने उहाँ भन्नुहुन्छ, “ निवृित्तभरणबाट आउने पैसाबाट गाडी भाडा तिर्ने र खाजा खाने गरेर आफूले जानेको ज्ञान प्रत्येक विद्यालयमा पुगेर बाँड्ने गरेको छु ।”अधिकारीले विद्यालयमा गएर विद्यार्थीलाई प्रयोगात्मक पाठ सिकाउन थाल्नुभएको चार वर्ष भयो । त्यस अवधिमा उहाँले २८५ विद्यालयमा पुगेर कक्षा लिइसक्नुभएको छ । काभ्रेपलाञ्चोका अधिकांश सामुदायिक विद्यालयका साथै काठमाडौँ उपत्यकाका तीन जिल्ला, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, मुस्ताङ र भारतका चार प्रान्तमा पुगेर आफूले विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक अभ्यास गराएको उहाँ बताउनुहुन्छ ।

विद्यार्थीलाई किताबका पाठ घोकाएर मात्र नभई देखाएर र आफैँ गर्न लगाएर सिकाउने उद्देश्यले कक्षा ९ र १० का हरेक पाठलाई प्रयोगात्मक रूपले उहाँले गरेर सिकाउने गर्नुभएको छ । यी पाठका प्रयोगात्मक अभ्यास घरमै भएका सामाग्रीको प्रयोगबाट गर्न सकिने जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “विज्ञानका अभ्यास गराउन शिक्षकले जाँगर देखाए मात्रै पुग्छ आवश्यक सामाग्री वरपरै धेरै छन् ।” शिक्षक अधिकारी पुग्नुभएका प्रत्येक विद्यालयमा दुई÷तीन घण्टासम्म विद्यार्थी उत्सुक भएर बस्छन् । कतिपय विद्यालयले समय थपेर समेत उहाँलाई लामो कक्षा लिन लगाउने गर्छन् ।

धेरैजसो आज कहाँ जाने भन्ने उहाँ आफैँलाई समेत पत्तो हुँदैन । बिहानीको खाना खाएपछि झोला बोकेर उहाँ नयाँ–नयाँ ठाउँ पुग्नुहुन्छ । कहिलेकाहीँ नाम नै नसुनेको ठाउँमा समेत पुगेर त्यहाँको मध्यामिक विद्यालय खोजी व्यवस्थापनलाई भेटेर कक्षा लिन समय माग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म शिक्षकलाई समेत विद्यार्थीसँगै राखेर कक्षा लिने गरेको छुु ।”अधिकारी पुग्नुभएका अधिकांश विद्यालयले उहाँको उद्देश्य सुनेपछि कक्षा लिन अनुमति दिन्छन् । प्रधानाध्यापकसँगै अरू शिक्षक पनि कक्षामा सहभागी हुन्छन् । कतिपय विद्यालयले दोहो¥याएर आउनसमेत आग्रह गर्छन् । अहिलेसम्म २८८ विद्यालयमा पुग्नुभएका उहाँलाई पाँच विद्यालयबाट भने रित्तो हात फर्कनु प¥यो । शिक्षक अधिकारी भन्नुहुन्छ, “मैले आफ्नो उद्देश्यभन्दा पनि पढाउन समय नदिने केही विद्यालयबाट फर्किनुपरेको अनुभव छ ।”

अधिकारी सामुदायिक विद्यालयमा मात्रै कक्षा लिन जानुहुन्छ । त्यहाँ उहाँ निःशुल्क कक्षा लिनुहुन्छ । कतिपय विद्यालयले भने खाममा पैसा दिन आउँछन् । पैसा दिन खोज्ने विद्यालयलाई उहाँ आफूलाई निवृत्तिभरण नै पर्याप्त छ भन्दै फर्काउने गर्नुहुन्छ । आर्थिक रूपमा सम्पन्न विद्यालयबाट पैसा लिँदा आफू नाफामुखी बनिने होकी भन्ने चिन्ता गर्नुहुने उहाँ भन्नुहुन्छ , “पैसा दिने विद्यालय खोजेर जाने थालेँ भने मेरो उद्देश्य पनि पूरा हुँदैन ।”

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयसम्म पुग्दा धेरैले विज्ञान विषयको महत्व नबुझेको चार दशक विज्ञान विषय पढाउनुभएका शिक्षक अधिकारी बताउनुहुन्छ । अधिकांश विद्यालयमा विज्ञानको छुट्टै प्रयोगशाला छैनन् । कतिपय विद्यालयका कक्षा वा सामग्रीसमेत भूकम्पका समयमा क्षतिग्रस्त थिए । उहाँ बताउनुहुन्छ, “कतिपय विद्यालयमा प्रयोगात्मक सामग्री पूरै धुलाम्मे छन्, तिनलाई बाकसबाट खोलिएको समेत छैन ।” शिक्षकले पनि प्रयोगात्मक अभ्यास गराउन चासो नदिएको उहाँको अनुभव छ । सैद्धान्तिक विषयमा विद्यार्थीले ल्याएका अङ्कका आधारमा विद्यालयले प्रयोगात्मक परीक्षा नै नलिई अङ्क दिने गरिएको पाइएको छ ।

अधिकारी आफैँले जिल्ला शिक्षा कार्यालयमार्फत जिल्लामा रहेका माध्यमिक विद्यालयको सूची तयार पार्नुभएको छ । विद्यालय रहेको स्थान पत्ता लगाएर पुग्नुहुने उहाँ भन्नुहुन्छ “ठाउँ थाहा भएसम्म म अचानक नै ती विद्यालयमा पुग्ने गरेको छु ।” स्थान पत्ता नलाग्दा भने विद्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । धेरै सामुदायिक विद्यालयका धेरै विद्यार्थीसम्म पुग्ने उहाँको लक्ष्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिङ सडक: ९ किलोमा सडक भासियो
नारायणगढ-मुग्लिङ सडक: ९ किलोमा सडक भासियो
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
भारतमा भोलीदेखि लकडाउन खुल्ने
भारतमा भोलीदेखि लकडाउन खुल्ने
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
नागरिक अस्पतालमा मृत्यु भएकी महिलालाई कोरोना पुष्टि भएपछि नागरिक अस्पताल बन्द
नागरिक अस्पतालमा मृत्यु भएकी महिलालाई कोरोना पुष्टि भएपछि नागरिक अस्पताल बन्द
प्रहरी भीआईपी सुरक्षामा व्यस्त, जनताको सुरक्षा ‘भगवान भरोसामा’ !
प्रहरी भीआईपी सुरक्षामा व्यस्त, जनताको सुरक्षा ‘भगवान भरोसामा’ !
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’

तपाईंले छुटाउनुभयो कि?