मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
४१ पटक हेरिएको
Shares
मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

सारांश

  • तनहुँ, कार्तिक २७ ।
  • जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ ।
  • पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।

तनहुँ, कार्तिक २७ । जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । “मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ”, रासससँग कुरा गर्दै मन्त्री गुरुङले भन्नुभयो, “यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना बनाएर यसको समग्र विकास गर्न प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्न तयार छ ।” यहाँको भौगोलिक अवस्थालाई नबिगार्ने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

मानहुँकोटमा प्याराग्लाइडिङ, पिङलगायतको पनि सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो । “समग्र योजना बनाएर अगाडि बढ्न सकिने विषयमा अध्ययनका लागि म मानहुँकोट आइपुगेको हूँ, यहाँको मुख्य समस्या भनेको खानेपानीको देखियो, त्यसका लागि अध्ययन तत्कालै शुरु गरिनेछ”, उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य आशा कोइरालाले मानहँुकोटलाई गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिने बताउनुभयो । “व्यास नगरपालिकाको तर्फबाट पनि यहाँ विकास योजना अगाडि बढिरहेको छ, नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबै सहयोग गर्छौँ”, कोइरालाले भन्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँको विकास र प्रवद्र्धनमा नगरपालिका अत्यन्त प्रतिबद्ध भएर लागेको बताउनुभयो । मानहँुकोटबाट प्याराग्लाइडिङ गर्न सकिने सम्भावना भए पनि यहाँ भएका टेलिकम र विद्युत्का तारहरुका कारण समस्या आएकाले सम्बन्धित निकायसँग समन्वय गरेर यहाँको तार हटाउन पहल गरिने न्यौपानेले जानकारी दिनुभयो । मानहुँकोटमा पूर्वाधार निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’
शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
आेलीकाे वाक्युद्धमा, प्रधानमन्त्री देउवा चुप
आेलीकाे वाक्युद्धमा, प्रधानमन्त्री देउवा चुप
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
देवकोटासँग जोडिएको एक बिरामी:  पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
देवकोटासँग जोडिएको एक बिरामी: पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !