राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

सारांश

  • काठमाडौं ।
  • अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जरिवाना सुनाएको छ ।
  • न्यूयोर्कका एक न्यायाधिशले ट्रम्पलाई आफ्नो च्यारिटी संस्थाको रकम अवैध रुपमा प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जरिवाना सुनाएको छ । न्यूयोर्कका एक न्यायाधिशले ट्रम्पलाई आफ्नो च्यारिटी संस्थाको रकम अवैध रुपमा प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त रकम गैरकानुनी भएको भन्दै ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको छ । ट्रम्पले आफ्ना छोराहरुको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको अदालतको फैसलामा उल्लेख छ ।

परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने न्यायाधीशहरुले तर्क गरेका छन् । उनीहरुले ट्रम्पले राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्न कोषको दुरुपयोग गरेको बताएका हुन् ।तर ट्रम्पले भने अदालतको उक्त आदेश राजनीतिक रुपले प्रेरित भएर आफूविरुद्ध निर्णय भएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?