वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
२९५ पटक हेरिएको
Shares
वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर

सारांश

  • काठमाडौँ, वैशाख २९ – नेपालले वान बेल्ट वान रोड (ओबिओआर)मा सहभागिता जनाउने समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
  • समझदारीपत्रमा शुक्रबार बिहान नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि राजदूत यु होङले हस्ताक्षर गरेका हुन् ।
  • मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर भएको हो ।

काठमाडौँ, वैशाख २९ – नेपालले वान बेल्ट वान रोड (ओबिओआर)मा सहभागिता जनाउने समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा शुक्रबार बिहान नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि राजदूत यु होङले हस्ताक्षर गरेका हुन् ।

मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा चीनसँग ओबिओआरमा सहभागी हुनेसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरिएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै महतले यो सम्झौताले नेपाल र चीनबिच कनेन्टीभिटीको महत्वपूर्ण माध्यम बन्ने आशा व्यक्त गरे । उनले यो सम्झौता नेपालका लागि महत्वपूर्ण भएको बताए ।

समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने नेपालले अपेक्षा गरेको छ ।

नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।

ओबिओआर मञ्चको बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्रीसहितको प्रतिनिधिमण्डल शुक्रबारै चीन जाँदै छ ।

प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुनेछन् । सम्मेलन आइतबार र सोमबार सञ्चालन हुने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?