धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ

सारांश

  • पोखरा, १६ साउन ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
  • विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा अाज आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताए ।

पोखरा, १६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा अाज आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताए ।

मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका विद्यमान असमानता, विभेद, गरिबीको अन्त्य, जेष्ठ नागरिकको सम्मान आवश्यक रहेको उल्लेख गरे। गण्डकी प्रदेश भौतिक, सामाजिक, संस्कृतिक हिसाबले अब्बल रहेको बताउँदै उनले सभ्यता र संस्कृतिको संरक्षण गर्दै त्यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । समाजसेवी सुशीलकुमार गोशलीले बुबा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा रु ७० लाखको लागतमा उक्त आशुतोष भगवान शिवस्वरुप शिवलिंग सहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेका हुन्।

प्रदेशसभा सदस्य मीना गुरुङले प्रदेश सरकार अहिले आवश्यक कानून निर्माणमा जुटेको बताउँदै त्यसका लागि सबै क्षेत्र र समुदायको सहयोग अपरिहार्य रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए । संस्कृतिविद्ध एवं समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको गुठीको २६ रोपनी जग्गामा एक सयजना विद्यार्थीको लागि आवासीय व्यवस्था सहितको भवन निर्माणमा जुटेको जानकारी दिए । व्यावसायिक शिक्षा प्रदान गरिने उक्त विद्यापिठ निर्माणका लागि कूल रु १३ करोड लगानी हुने बताउँदै उनले त्यसका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा रु एक करोड २५ लाख विनियोजन भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?