राजधानी बनाउन सांसदलाई किस्तामा घडेरी पनि
सारांश
- काठमाडौं, २७ माघ – हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरूले पाउने सुविधा थपिँदै गएको छ।
- सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ।
- प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।
काठमाडौं, २७ माघ – हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरूले पाउने सुविधा थपिँदै गएको छ। सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ।
प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् । प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ। यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ । समाचारमा लेखिएको छ, साथै, सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ ।
सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो ।
घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच वर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Tilak Rijal
dikkar xa hajurharulai la hoina dyas banaunya ki aafu bannya? khoi klkarkhana lai xut diyako khoi udyog lai xut diyako khoi byparilai xut aakher nyta lai nai xut ani prsthan ani kasari hunxa dyas bikas hoina yo badikhanya paisako sroot k ho kahabat aaunya ho 6000 lai ? sunda ni achamba lagnya
Karki Nabim
Aba ghaderi matrai haina ghar nai banaidenu ni utai kina ghaderi matrai chor dalal ho
རཇུ ཏཔང
ड्याङ्ग्रो लगेर देउन हो मुजि संसद हरु लाई ।
Kyacee SB
sthai Rajdhani Dhuli khel ma