करेन्ट लागेर २ जनाको मृत्यु
सारांश
- मोरङ, ३ जेठ – मोरङको रंगेली बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
- बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
- करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् ।
मोरङ, ३ जेठ – मोरङको रंगेली बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
त्यसैगरी सुनसरीको रामधुनीका ३२ वर्षीय जयराम चौधरीको करेण्ट लागेर मृत्यु भएको छ । कुखुराको खोर सफा गर्न मोटर चलाउन खोज्दा चौधरीलाई करेन्ट लागेको थियो।
करेण्टका कारण बेहोस भएर लडेका उनलाई उपचारका लागि तत्कालै अस्पताल पुयाइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
प्रतिक्रिया