हिमतालमा बेपत्ता ३ जना बालकको उद्दारका लागि गुहार
सारांश
- काठमाडौं ।
- गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ ।
- सोलुखुम्बुको गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका ३ जना बालक शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् ।
काठमाडौं । गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ ।
सोलुखुम्बुको गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका ३ जना बालक शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् । नुहाउने क्रममा बेपत्ता हुनेमा खुम्जुङ मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली रहेका छन् ।
तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।
शव माथि नदेखिएको, ताल चिसो र गहिरो भएकाले उद्धार गर्न नसकिएको प्रजिअ रानाको भनाइ छ । “उद्धारका लागि आइतबार नेपाली सेना पनि परिचालन गरिएकोे तर तालीम प्राप्त जनशक्ति र पर्याप्त साधन नहँुदा उद्धार गर्न सकिएन” उनले भने ।
उद्धारका लागि गृहमन्त्रलायबाट साधनसहितको थप दक्ष जनशक्ति गोक्यो आउने प्रजिअ रानाले बताए । घटनास्थल आसपासमा सञ्चार सम्पर्कसमेत नहुने भएकाले सञ्चार सम्पर्क गर्नसमेत करीब २ घण्टाको पैदल यात्रामार्फत तल झर्नुपर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया