राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी
सारांश
- काठमाडौं, १९ असार : राष्ट्रपति विद्यादेवी भण्डारी तथा स्व.
- मदन भण्डारीको घर रहेको रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
- कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ ।
काठमाडौं, १९ असार : राष्ट्रपति विद्यादेवी भण्डारी तथा स्व. मदन भण्डारीको घर रहेको रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याएर जितेका छन् ।
उनका प्रतिद्वन्द्वी एमाले उम्मदेवारले ८ हजार १ सय मत ल्याए । एमाले सांसद ऋषि पोखरेलको क्षेत्रसमेत रहेको नगरपालिकाम जम्मा १० वटा वडामध्ये एमालेले तीन वटा वडामा मात्रै जितेको छ ।
मोरङका उत्तरी क्षेत्रहरुमा समेत एमालेले पराजय व्यहोर्नुपरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया