ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ मृत्यु
सारांश
- नवलपरासी, माघ ७ ।
- नवलपरासीको बर्दघाटमा ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
- पुर्व पश्चिम महेन्द्र राजमार्गस्थित बर्दघाट नगरपालिका वडा नं।
नवलपरासी, माघ ७ । नवलपरासीको बर्दघाटमा ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम महेन्द्र राजमार्गस्थित बर्दघाट नगरपालिका वडा नं।४ शान्तिनगर कलभर्ट नजिक आज बिहान पुर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ना६ख ६५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको साईकल यात्रीलाई पछाडीबाट ठक्कर दिदाँ बर्दघाट नगरपालिका वडा नं १२ जमुनिया बस्ने अन्दाजी ३० बर्षिय जगदेव थारु गम्भीर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी लग्दै गरेको अवस्थामा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
ट्रक प्रहरीको नियन्त्रणमा रहेको हुदाँ पनि चालक फरार रहेको छ ।
संजय कुशवाहा/नवलपरासी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया