तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०८१
|
|
६२ पटक हेरिएको
Shares
तिहारलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश आउने

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि अघि बढेका छन् ।
  • कांग्रेस सभपाति शेरबहादुर देउवासँगको समभदारीअनुसार प्रधानमन्त्री ओली तिहारसम्म अध्यादेश ल्याउन रोकिएका हुन् ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि अघि बढेका छन् । कांग्रेस सभपाति शेरबहादुर देउवासँगको समभदारीअनुसार प्रधानमन्त्री ओली तिहारसम्म अध्यादेश ल्याउन रोकिएका हुन् । नत्र उनले दशैंको मुखमा नै अध्यादेश ल्याउने जमर्को गरेका थिए ।

तर, कांग्रेसभित्र यसबारेमा एकमत नभएपछि देउवाकै आग्रहमा प्रधानमन्त्री ओली यसअघि अध्यादेश ल्याउन रोकिएका थिए । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतकाअनुसार अध्यादेश ल्याउने तयारी पूरा भैसकेको छ । अब तिहारलगत्तै अध्यादेश आउनेछ । प्रधानमन्त्री ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई छिन्नभिन्न पार्नेगरि अघि बढेका छन् ।

दल विभाजन हुने सुईंको पाएपछि नेपाल आँत्तिएका खबरपनि सार्वजनिक भैरहेका छन् । यसैबीच प्रधानमन्त्री ओलीलाई भेटेरै विपक्ष दलका नेताहरुले अध्यादेश ल्याईए ठीक नहुने चेतावनी दिएका थिए । उनीहरु प्रधानमन्त्री ओलीलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलपनि गुहार्न शितलनिवास पुगेका थिए । शितलनिवासको भेटमा पनि उनीहरुले यही कुरा दोहोर्याएका थिए ।

दल विभाजनसम्बन्धी अध्यादेश आए रोकिदिनुपर्ने भनेर विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई गुहारेका थिए । यता, प्रधानमन्त्री ओली भने अध्यादेश तयारी अवस्थामा राखेर बसेका छन् । उनले आफूनिकट नेताहरुसँग तिहार सकिनासाथ अध्यादेश ल्याउने भनिसकेका छन् ।

अध्यादेश आए साना दलमा विभाजनको पहिरो नै आउने चर्चा चल्न थालेको छ । कतिपयले त प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) पनि सग्लो नरहने दाबी गरिरहेका छन् । तर, प्रचण्ड स्वयमले भने माओवादीपनि विभाजन गर्न खोजिएको भएपनि उनीहरु सफल नहुने दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदैछ खरिदबिक्री ?
ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदैछ खरिदबिक्री ?
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)
सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)
बलिउड अभिनेता अरमान  पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
बलिउड अभिनेता अरमान पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
कङ्गोमा इबोला प्रकोपबाट दुई महिनामै एक हजारभन्दा बढीको मृत्यु
कङ्गोमा इबोला प्रकोपबाट दुई महिनामै एक हजारभन्दा बढीको मृत्यु
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !