रैथाने परिषद्ले तराईमा अंगीकृत उम्मेदवारको भण्डाफोर गर्ने
सारांश
- बारा, १३ असार ।
- दुई नम्बर प्रदेशमा रैथाने उमेदवारलाई जिताउँ अभियान चलाई रहेको रैथाने एकता परिषद्ले अगिंकृत उमेदवारको भण्डाफोर गर्ने भएको छ ।
- अभियानको नेतृत्व गरिरहेका परिषद्का सयोंजक सन्तोष बराइलीले भारतवाट आएका अगिंकृत नागरिकले रैथाने मधेशीको हक अधिकार खोसेको भन्दै जुनसुकै दलका भए पनि अगिंकृत उमेदवारको जनतामा भण्डाफोर गर्ने बताएका हुन् ।
बारा, १३ असार । दुई नम्बर प्रदेशमा रैथाने उमेदवारलाई जिताउँ अभियान चलाई रहेको रैथाने एकता परिषद्ले अगिंकृत उमेदवारको भण्डाफोर गर्ने भएको छ । अभियानको नेतृत्व गरिरहेका परिषद्का सयोंजक सन्तोष बराइलीले भारतवाट आएका अगिंकृत नागरिकले रैथाने मधेशीको हक अधिकार खोसेको भन्दै जुनसुकै दलका भए पनि अगिंकृत उमेदवारको जनतामा भण्डाफोर गर्ने बताएका हुन् ।
नवनागरिकहरुले रैथाने मधेशीको अधिकार खोस्दै गएको भन्दै ६ महिना अघि सिरहाको लहानमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो । असार पहिलो साताबाट रैथाने परिषद्ले दुई नम्बर प्रदेशमा नवनागरिकलाई हराउँ, रैथाने उमेदवारलाई जिताउँ अभियानलाई तिव्र पारेको छ । पर्साबाट सुरु भएको उक्त अभियान धनुषा, सिरहा हुँदै अहिले वारा जिल्लाका ग्रामिण ईलाकाहरुमा जारी छ ।
दुइ नम्बर प्रदेशका ग्रामिण भेगका जनताको घरदैलोमा पुगेर जुनै पार्टिका भए पनि रैथाने उमेदवारलाई जिताउन आग्रह गरिरहेका छौँ, परिसद्का सयोंजक सन्तोष बराइलीले भने, रैथाने उमेदवार जिताउँ अभियान हामी २ नम्बर प्रदेशका सवै जिल्लामा चलाउछौँ ।
अभियान सञ्चालनका क्रममा दुई नम्बर प्रदेश जनता प्रतिनिधी चुन्न आतुर रहेको पाईएको सयोंजक बराइलीले बताए । उनका अनुसार यस प्रदेशका ग्रामिण भेगहरुमा खासगरी वडा वडामा एमाले र काग्रेंसको मात्रै सगंठन छ । फोरम लोकतान्त्रिक, सघिंय समाजवादी फोरम , राप्रपा र माओवादीको सगंठन कमजोर छ । वराइली भन्छन्, राजपाको अवस्था भने यस प्रदेशका वडाहरुमा शून्य नै रहेछ ।
अभियान सञ्चालनका क्रममा परिषद्ले सवै पाटीका स्थानिय नेता कार्यकर्तासगँ पनि चुनावको विषयमा छलफल गर्ने गरेको छ । टिकट वितरणमा एमाले काग्रेंसलाईे समिकरण मिलाउन हम्मे परिरहेको बताउँदै अभियानको नेतृत्व गरिरहेका वराईलीले भने, टिकट वितरणमा पक्षपात भएको भन्दै यि दुवै पार्टीमा अन्तरविरोध पनि चर्किएको पाईयो ।
सरकारले दुई नम्बर प्रदेशमा तेश्रो चरणमा असोज दुईमा चुनाव गर्ने निर्णय गरेको छ ।
परिषद्का अनुसार एमाले र काग्रेंस पार्टीमा भने टिकटका महत्वकाक्षिं धेरै देखिए पनि अन्य दलले भने वडा तह सम्म चुनावमा उठाउनका लागि उमेदवारनै नपाईरहेको अवस्था छ । अभियान चुनाव सम्मै जारीरहने परिषद्ले जनाएको छ
प्रतिक्रिया