एकादेशको छाया सरकार १

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
एकादेशको छाया सरकार १

सारांश

  • छाया सरकार !
  • वास्तविक होइन , छायाँ ।
  • सक्कली सरकारको जस्तो मन्त्रालय बोकेर खडा भएको सरकार ।

छाया सरकार !
वास्तविक होइन , छायाँ । सक्कली सरकारको जस्तो मन्त्रालय बोकेर खडा भएको सरकार । हुन त आक्रिती नभई छाया हुँदैन तर राजनीतिमा बिज्ञानको नियम लागु नहुदो रहेछ । अंक गणीतको नियमले पनि नछुदो रहेछ । त्यसैले त राजानीतीमा दुई र दुई जोड्दा पाच हुन्छ रे !!
सरकारलाई “काउन्टर“ दिन छाया सरकार बन्यो । छाया सरकार बने पछी देशमा उथलपुथल शुरु भयो । छाया संचार मन्त्रालय खडा भयो । सक्कली संचार मन्त्री र छाया संचार मन्त्रीले सोसल साइटमा एक ले अर्कालाई हिलो छ्यापा छ्याप गर्न थाले । सिहदर्बार परीसर मा भेट हुँदा पनि उनिहरु ठिङ उभिएर एकले अर्कालाई डेडो आँखाले हेरा हेर गर्थे । छाया सरकार के कम ! उसले छाया सुचना तथा प्रसारण बिभाग खडा गरिहाल्यो । त्यस पछी जन्मे सयौ छाया पत्रकारहरु । बिभागमा छाया कर्मचारीहरु नियुक्त गरिए । सबै छाया कर्मचारी । सेवा सुबिधा र तलब भात्ता पनि सबै छाया । पत्रकारहरुको एउटा छुट्टै बर्ग खडा भयो ( छाया प्रकार संघ !

भन्नलाई छाया सरकार भने पनि आखिर त्यहा भित्र त जिउदा मनिसहरु नै थिए । अन्न पानी लदार्नेहरु नै थिए । सबैको “डिमाण्ड“ पुरा गर्न आखिर चाहियो उही “नोट“ । तर सरकार थियो रित्तो । तब के गर्ने ? तब छाया सरकारले सहयोगको लागि अमेरिकी सरकारलाई अनुरोध र्गयो । अमेरिकाको सक्कली सरकारले आफु छाया नभएकोले सहयोग गर्न नसक्ने कुरा बतायो । त्यस पछी छाया सरकार संकटमा र्पयो । यता यो कुरा थाहा पाउन साथ सक्कली सरकार खुशीले उफ्रियो । उसले पार्टी कार्यालयमा भब्य भोज दियो । छाया मन्त्रीमण्डलको आपतकालीन बैठक बस्यो । भनिन्छ यो बैठक पछी छाया सरकारको आयाम नै बादलियो रे । कतै छाया सरकारले अर्कै कुनै शक्तिशाली देशसँग साठ गाठ त गरेन ? खोज पत्रकारीता गर्नेहरु सबलाउन थाले । छाया सरकारलाई कतै चीनले हात त दिएन ? कि भारतले काधमा बोक्यो ? याबत प्रश्नहरु खडा भए । हेर्दा हेर्दै छाया सरकारमा सामेल छाया मन्त्रीहरुको जीवन शैली बादलियो । सामान्य साइकल चढेर हिनेड्नेहरु कारमा पुगे । सडकमा समर्थकहरुको सन्ख्या बढ्न थाल्यो । आफुले दुत्कारेको छाया सरकारको प्रभाब बढ्न थाले पछी उता अमेरिकि सरकार अतालियो । कुरा के हो ? छाया सरकार कसको बलले चुरी फुरी देखाउदैछ ? बिभिन्न प्रश्न गरेर अमेरिकि सरकारले नेपालको सरकारलाई सत्य तथ्य बुझ्न गोप्य पत्र पठायो ।

छाया सरकार आफ्नै गतिमा सक्कली सरकारलाई “काउन्टर“ दिने हिसाबले अगाडि लम्किदै थियो । एकदिन छाया सरकारको छाया स्वास्थ्य मन्त्रीले घोषणा गरे ( अब हामी छाया औसधी बिभाग खडा गर्छौ । त्यो बिभागले सक्कली सरकारलाई चुनौती दिन छाया भिटामिन को क्याप्सुल बनाएछ । खाली प्रदर्शन लागि भनेर बनाईेएको सो क्याप्सुलको हजारौ फाइल बिना शुरक्षा कुनै कोठामा भन्डारण गरिएको थियो । कुनै हरामिले चोरेर बजारमा बेच्न लगेछ । के के मिसाएर क्याप्सुल बनाइेएको थियो कुन्नी खानेहरुको शरीरमा गजब गजबको प्रतिकृयाहरु देखा पर्न थालीहाल्यो । कसैमा आँखा झिम्म हुँदै नहुने लक्षण देखा र्पयो । ट्वाल्ल आँखा ! हिड्दा पनि ट्वाल्ल ! बस्दा पनि ट्वाल्ल ! यहाँ सम्म कि राती सुतेको बेला पनि आँखा त ट्वाल्लई !

कसै कसैमा सम्बेदनशील अग अनाबश्यक रुपमा उत्तेजित भई राख्ने रोग देखा र्पयो । लुगा भित्र अगहरु उत्तेजित हुन थाले पछी मान्छेहरु काम(साम छोडेर बहुला जस्तै डौडन थाले । खेदा खेद र लखेटा लखेट शुरु भयो । सरकार के कारणले मनिसमा अचम्मका रोगहरु देखा पारीरहेको छ भनेर खोज्न तिर लाग्यो । उसले छाया सरकारले उत्पादन गरेको भिटामिन क्याप्सुल खाएर उत्पात मच्चिरहेको छ भनेर कल्पना सम्म पनि गरिरहेको थिएन । क्याप्सुल खाएर देखा परेका सबै रोगहरु मध्ये एउटा अचम्म को रोग चाँही सधैं हासी रहने रोग थियो । जे गर्दा पनि हासिरहने । रुदा पनि हासिरहने ! आबाज चाँही हुँ हुँ गरेको आई रहे पनि मुख चाँही गिच्च हासीरहने ! कुट्दा पनि हासिरहने , लात्तै लाताले खदार्दा पनि हासिहरने । क्रमशः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ
सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ
अछाममा पहिरोले पुरिएर २२ जनाको मृत्यु (नामावली सहित)
अछाममा पहिरोले पुरिएर २२ जनाको मृत्यु (नामावली सहित)
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
दुर्घटना हुनेमा मापदण्डविनाका सडक बढी !
दुर्घटना हुनेमा मापदण्डविनाका सडक बढी !

तपाईंले छुटाउनुभयो कि?